मिति : २०८२ वैशाख ३०, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘लम्फू’ बाट कबिरले देखाए सम्भावना

फिल्मीखबर, काठमाण्डौ, 2018/05/14
शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘लम्फू’ लाई दर्शकबाट 'वर्ड अफ माउथ' राम्रो मिलेको छ । फिल्मले व्यापार भने औषत गरेको छ । ८० बढी हलमा प्रदर्शन आरम्भ गरेको यस फिल्मबाट नव-नायक कबिर खड्काले डेब्यु गरेका छन् । 
 
 
समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने उक्त फिल्ममा देखाउन खोजिएको छ । गोपालचन्द्र लामिछाने निर्देशित यस फिल्मलाई शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।  
 
यो फिल्मबाट अभिनेता कबिरले अभिनयमा राम्रो सम्भावना देखाएका छन् । ‘लम्फू’ को सबैभन्दा बलियो पक्षमध्ये उनको अभिनय पनि एक हो । फिल्म हेर्नेले कबिरको खुलेरै तारिफ गरेका छन् । उनको अभिनय र संवाद शैली राम्रो छ । हुनत, उनले सुधार गर्न अझै पनि धेरै बाँकी छ । 
 
तर, तपार्इले यो फिल्म हेर्ने एउटा कारण, कबिर पनि हुन सक्छन् । केही मिहिनेत गरेको खण्डमा उनलाई नेपाली फिल्मले सम्भावना बोकेको नायकको रुपमा हेर्न सक्नेछ । यो फिल्ममा कबिरको जोडी अभिनेत्री मरिश्का पोखरेलसँग बाँधिएको छ । 
 
आइतवार राजधानीमा गरिएको ‘लम्फू’ को प्रेस शोमा पनि सञ्चारकर्मीले कबिरको अभिनयको तारिफ गरेका छन् । पछिल्लो समय चकलेटी अनुहारको बाहुल्यता रहेका कारण उनको फिल्मी करिअर पनि सुखद हुने फिल्मी पण्डितहरुको विश्वास छ ।
 
अभिनेता सलोन बस्नेतको अभिनय रहेको फिल्ममा अन्य कलाकार छायाँमा पर्छन् भनिन्छ । तर, ‘लम्फू’ को हकमा भने त्यस्तै छैन । दोस्रो हाफमा सलोन केही पावरफूल देखिएपनि कबिर पनि कमजोर छैनन् ।
 
दर्शकले यो फिल्मको कथावस्तु र गीतसंगीतलाई औैधि रुचाएका छन् । फिल्मको छायांकन पक्षमा भने दर्शक पुरा सन्तुष्ट नहुन सक्छन्। केही दृश्यमा निर्देशकले कैँची चलाउन सकेको भए फिल्म थप स्वादिलो बन्न सक्थ्यो । 
 
 
‘लम्फू’ मा कबिरका अलावा मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ ।