मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हैरान’ गीत : निश्माको ‘हिरो’ को ? (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/04/29
जेठ ४ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘हैरान’ को दोस्रो गीत सार्वजनिक भएको छ । 'तिम्रो हिरो' बोलको गीतमा फिल्मका कलाकारहरु गजित विष्ट, निश्मा घिमिरे, बुद्धि तामाङ, सगर लम्साल र पुस्कर रेग्मी फिचर्ड छन् । 
 
 
सार्वजनिक गीतमा संगीत र स्वर राजन इशानको रहेको छ । गीतलाई गम्भीर विष्टले लेखेका हुन् । कोरियोग्राफी पनि उनकै हो । भिडियोमा गजित, निश्माको प्रेममा 'दिवाना' भएका छन् । गीतमा आफूलाई हिरो मान्ने पात्रको मनोभावलाइ देखाइएको छ । 
 
फिल्म ‘हैरान’ लाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन् । यसअघि उनले ‘लभ यु बाबा’ निर्देशन गरेका थिए । ‘हैरान’ मा सरोज खनाल, सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ । 
 
डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् ।
 
भिडियो :-