मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘इनास फिल्म अवार्ड’ : विपिन र श्रृजना उत्कृष्ट

फिल्मीखबर, काठमाण्डौ, 2017/10/14
 
गत वर्ष प्रदर्शनमा आएका फिल्ममध्येबाट ‘पाँचौ इनास फिल्म अवार्ड’मा गरिएको मूल्यांकनमा यस वर्ष उत्कृष्ट अभिनेता–अभिनेत्रीको अवार्ड ‘जात्रा’बाट विपिन कार्की र ‘डाइङ क्यान्डल’बाट श्रृजना सुब्बाले पाएका छन् । शुक्रवार दिउँसो राजधानीको सभा गृहमा आयोजित समारोहमा विपिन र श्रृजना अनुपस्थित रहेका थिए । यस्तै, उत्कृष्ट फिल्मको अवार्ड ‘जात्रा’ले हात पार्‍यो । 
 
 
एनआरएनएका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डमा २० विधामा अवार्ड प्रदान गरिएको थियो । उत्कृष्ट निर्देशकको अवार्ड भने फिल्म ‘विर विक्रम’बाट मिलन चाम्सले उचाले । यही फिल्मबाट नायिका दिया पुनले उत्कृष्ट नव–नायिका बनिन् भने फिल्म ‘लभ लभ लभ’ बाट सुरज पाण्डे नव-नायक बने । जुरी अवार्ड अन्तर्गत उत्कृष्ट फिल्ममा ‘घामपानी’ र उत्कृष्ट निर्देशकमा दिपेन्द्र खनाललाई अवार्ड प्रदान गरियो ।
 
 
कार्यक्रममा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलार्इ प्रदान गरियो । विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने बरिष्ठ व्यक्तिहरुलाई ‘इनास विशिष्ट सम्मान’बाट सम्मानित गरिएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरे, इतिहासविद् सत्यमोहन जोशी, गायक तथा संगीतकार प्रेमध्वज प्रधान, निर्देशक तथा गीतकार चेतन कार्की, नृत्यांगना विमला श्रेष्ठ पनि सम्मानित भए । 
 
 
यस्तै, अवार्ड समारोहमा ‘सक्रिय चलचित्र पत्रकारिता पुरस्कार’ ३ जना पत्रकारलाई प्रदान गरियो । ठूलोपर्दा डटकमका जीवन पराजुली, अनलाइनखबर डटकमका पत्रकार ‘विजय सुवेदी ‘आवाज’ र रेडियोकर्मी लोकराज अधिकारीलाई पुरस्कार प्रदान गरिएको थियो । उनीहरुलाई पुरस्कारपत्र र जनही नगद १० हजार सहित पुरस्कृत गरिएको हो । इनासका ग्लोबल अध्यक्ष पुष्प बडुवालको सभापतित्वमा सम्पन्न अवार्ड समारोहमा रेडियो अडियोका अमितचन्द्र अधिकारीलाई पनि ‘इनास सम्मान’ प्रदान गरिएको छ ।
 
कस-कसले जिते ‘पाँचौ इनास फिल्म अवार्ड’ ? 
 
१. उत्कृष्ट चलचित्रः जात्रा
 
२. उत्कृष्ट निर्देशकः मिलन चाम्स (विर विक्रम)
 
३. उत्कृष्ट नायकः विपिन कार्की (जात्रा)
 
४. उत्कृष्ट नायिकाः श्रृजना सुब्बा (डाइङ क्यान्डल)
 
५. उत्कृष्ट सह–अभिनेताः माओत्से गुरुङ (पुरानो डुङ्गा)
 
६. उत्कृष्ट सह–अभिनेत्रीः बर्षा राउत (छक्का पन्जा)
 
७. उत्कृष्ट नव–अभिनेताः सुरज खड्का (लभ लभ लभ)
 
८. उत्कृष्ट नव–अभिनेत्रीः दिया पुन (विर विक्रम)
 
९. उत्कृष्ट नव–निर्देशकः दीपाश्री निरौला (छक्का पन्जा)
 
१०. उत्कृष्ट खलपात्रः सौगात मल्ल (लूट २)
 
११. उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे ( छक्का पन्जा)
 
१२. उत्कृष्ट पटकथाः दीपेन्द्र लामा ( घामपानी)
 
१३. उत्कृष्ट पाश्र्व गायकः ताराप्रकाश लिम्बु ( विर विक्रम)
 
१४. उत्कृष्ट पाश्र्व गायिकाः अन्जु पन्त (छक्का पन्जा)
 
१५. उत्कृष्ट संगीतकारः राजनराज सिवाकोटी (छक्का पन्जा)
 
१६. उत्कृष्ट शब्दः दयाराम पाण्डे (पलाँस)
 
१७. उत्कृष्ट छायांकनः रविन आचार्य र दिवांकर सिग्देल (डाइङ क्यान्डल)
 
१८. उत्कृष्ट सम्पादनः मित्र गुरुङ ( जात्रा)
 
१९. उत्कृष्ट कोरियोग्राफरः कविराज गहतराज (छक्का पन्जा)
 
२०. उत्कृष्ट द्धन्द्ध निर्देशकः राजकुमार उप्रेती (लुट २)