मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रमेश उप्रेतीलाई ‘स्टार’ बनाएका १३ फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2017/10/11
 
नायक रमेश उप्रेतीको कुनै समय नेपाली फिल्ममा राम्रै दबदबा थियो । एकपछि अर्को फिल्म हातमा थिए अनि लगातार फिल्महरु हिट भैरहेका थिए । लगातार सुपरहिट फिल्म दिइरहँदा रमेश उप्रेतीले आफूलाई नम्बर वान नायकको रुपमा पनि उभ्याए । नाम र दाम दुवै हुँदा-हुँदै उनी एक्कासी अमेरिका हानिए । अनि, नेपाली फिल्ममा अभाव भयो चकलेटी हिरो । 
 
मनमा अभिनयको हुटहुटीले गर्दा उनी धेरै वर्ष अमेरिकामा टिक्न सकेनन् र नेपाल फर्किए । नेपाल फर्किए लगत्तै उनले फिल्म 'ब्रासलेट'मा काम गरे । फिल्म सफल हुन नसकेपनि दर्शकमाझ पुरानो चकलेटी हिरो फर्किएको अवगत गरायो । पुरानो क्रेज फर्काउन 'ब्रासलेट'ले नसकेपछि उनले आफ्नै लगानीमा फिल्म निर्माण गरे 'ऐश्वर्य', जुन कात्तिक ९ गतेबाट प्रदर्शनमा आउँदैछ । उनी यो फिल्मलाई आफ्नो कमब्याक भन्दछन् । 
 
एक समयका चर्चित अभिनेत्रीहरु निरुता सिंह, विपना थापा, सज्जा मैनाली, करिश्मा मानन्धर लगायतसँग रोमान्स गरिसकेका रमेशले 'ऐश्वर्य'मा नव-नायिका दीपिका प्रसाईसँग जोडी कसेका छन् । यो फिल्मका निर्देशक दीवाकर भट्टराई हुन् । आज हामी यो प्याकेजमा नायक रमेश उप्रेतीलाई स्टार बनाएका फिल्मको विषयमा तपाईहरुलाई जानकारी दिँदैछौ । 
 
यी १३ फिल्म, जसले रमेश उप्रेतीलाई स्टार बनायो 
 
१. करोडपति
निर्देशक : किशोर राना मगर
कलाकार : भुवन केसी, रमेश उप्रेती, सुस्मिता केसी, निर शाह, सन्तोष पन्त लगायत ।
प्रदर्शन वर्ष : २०५३ 
 
२. पराई घर
निर्देशक : दीपक रायमाझी
कलाकार : रमेश उप्रेती, पल शाह लगायत । 
प्रदर्शन वर्ष : २०५४
 
३. धर्म संकट
निर्देशक : रेश राज आचार्य
कलाकार : रमेश उप्रेती, झरना थापा लगायत । 
प्रदर्शन वर्ष : २०५५
 
४. देवदूत
निर्देशक : युवराज लामा
कलाकार : रमेश उप्रेती, स्व.नायक श्रीकृष्ण श्रेष्ठ, नायिका विपना थापा, युवराज लामा लगायत । 
प्रदर्शन वर्ष : २०५५ 
 
५. घर संसार
निर्देशक : मदन घिमिरे
कलाकार : रमेश उप्रेती, करिश्मा मानन्धर, केशव भट्टराई, दीपाश्री निरौला, लक्ष्मी गिरी, सुनिल थापा, बिक्रान्त बस्नेत लगायत । 
प्रदर्शन वर्ष : २०५५
 
६. घुम्टो
निर्देशक : किशोर राना मगर
कलाकार : रमेश उप्रेती, दीलिप रायमाझी, जल शाह  लगायत । 
प्रदर्शन वर्ष : २०५९
 
७. संगम
निर्देशक : महेन्द्र बुढाथोकी
कलाकार : रमेश उप्रेती, मेलिना मानन्धर, दिनेश शर्मा, नबिन श्रेष्ठ, गणेश उप्रेती, राज कुमार राई लगायत । 
प्रदर्शन वर्ष : २०५७
 
८. एक नम्बरको पाखे
निर्देशक : किशोर राना मगर
कलाकार : रमेश उप्रेती, राजेश हमाल, करिश्मा मानन्धर, जल शाह लगायत । 
प्रदर्शन वर्ष : २०५७
 
९. आफ्नोपन
निर्देशक : दीपक श्रेष्ठ
कलाकार : रमेश उप्रेती, राजेश हमाल, निरुता सिंह लगायत । 
प्रदर्शन वर्ष : २०६१
 
१०. मायाको जाल
निर्देशक : अनिल पाण्डे
कलाकार : रमेश उप्रेती, निखिल उप्रेती, मेलिना मानन्धर, सज्जा मैनाली लगायत ।
प्रदर्शन वर्ष : २०६२
 
११. यो मायाको सागर
निर्देशक : अशोक शर्मा
कलाकार : रमेश उप्रेती, राजेश हमाल, करिश्मा मानन्धर, जल शाह लगायत । 
प्रदर्शन वर्ष : २०५८
 
१२. १६ बर्षे जोवन
निर्देशक : शम्भू प्रधान
कलाकार : रमेश उप्रेती, शिव श्रेष्ठ, निरुता सिंह, जल शाह, दीलिप रायमाझी लगायत । 
प्रदर्शन वर्ष : २०५६
 
१३. अप्सरा
निर्देशक : रमेश बुढाथोकी
कलाकार : रमेश उप्रेती, सञ्चिता लुईँटेल,  धिरेन शाक्य, विपना थापा लगायत । 
प्रदर्शन वर्ष : २०५८