मिति : २०८२ वैशाख २७, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'संरक्षण'को आइटम गीतमा न निखिल न सौगात

फिल्मीखबर, काठमाण्डौ, 2017/07/01
साउन २७ गतेलाई रिलिज कन्फर्म गरिएको निखिल उप्रेती र सौगात मल्ल स्टारर फिल्म 'संरक्षण'को मधेश केन्द्रित आइटम गीत रिलिज भएको छ । गीतमा नायक द्धय निखिल र सौगात दुवै देखिएका छैनन् । 'किशोरी लाल' बोलको आइटम गीतमा रितिका परमेश्वरा, परवेश मल्लिक र प्रेम प्रकाश करनको आवाज छ भने रोशन जनकपुरीको शब्द छ । गीतमा प्रभाष मल्लिकले संगीत सुन्न सकिन्छ । यो गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । 
 
पूर्णेन्द्रकुमार झाले निर्देशन गरेको फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । फिल्मलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
 
फिल्ममा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ । राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ यो फिल्ममा उतारिएको छ । फिल्मको ट्रेलर केही दिन अगाडि रिलिज भएको थियो ।