फिल्म 'दिल बिचारा' बन्ने भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको निर्माण घोषणा गरियो । मुहर्त भन्दै मन्दिरमा कार्यक्रम गरिएता पनि निर्माण टिमले नत क्यामेरा पुजा गर्दै 'टेक' लिईयो नत नरिवल नै फुटाईयो ।

निकट भविष्यमै फ्लोरमा जाने फिल्मलाई रन्जित राना मगरले निर्देशन गर्ने बताइएको छ भने निर्मातामा मदन ताम्राकार छन् । फिल्मको कथा पनि निर्माता रहेका मदनकै रहेको बुझिएको छ ।
फिल्मबाट पुराना अभिनेता दिनेश शर्मा फरक अबतारमा पर्दामा आउन लागेको बताए । यस्तै अन्यब कलाकारमा सिर्जना भट्टराई, सञ्जु सिलवाल, राजेन्द्र चौलागाई, तेजा ऐर, महेश जोशी, कुसुम श्रेष्ठ, रेश्मा मगर, मुकेश खतिवडा, सञ्जय महर्जन लगायत रहने कार्यक्रममा जानकारी गराईयो ।
फिल्मका निर्देशक रानाले चारैतिर खुशी भएको मन कुनै बिन्दुमा आईपुग्दा कस्तो समस्यामा पर्छ भन्ने कुरालाई फिल्ममा देखाउने बताए । फिल्ममा टंक बुढाथोकीको संगीत, शंकर महर्जनको द्वन्द्व रहने बताईएको छ । दिव्य सुवेदीले क्यामेरा चलाउनेछन् ।