द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेस्द्वारा सन् २०१६ फेब्रुअरी २८ का दिन अमेरिकामा आयोजना हुने ८८औं एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा प्रतिस्पर्धी गर्नका लागि नेपालबाट 'टलकजंग भर्सेस टुल्के' छानिएको छ ।
'भीमदत्त', 'सुनपानी', 'निशानी' तथा 'टलकजंग भर्सेस टुल्के'ले अस्कर अवार्डमा जान प्रतिश्पर्धा गरेका थिए । जसमा एकेडेमीका सबै मापदण्ड पुग्ने गरी प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गरेर 'टलकजंग भर्सेस टुल्के' छनोट गरिएको हो ।
विदेशीभाषी सर्वोत्कृष्ट फिल्म छनोट समिति (नेपाल)ले छनोट गरेको यो फिल्म अस्कर अवार्डको 'विदेशीभाषी सर्वोत्कृष्ट फिल्म' बिधामा प्रतिश्पर्धा गर्नेछ ।

