मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अपांगताको कथामा `तमस` | सुटिङ अगावै अडियो बिमोचन

फिल्मीखबर, काठमाण्डौ, 2014/09/27
अपांगताका कारण समाजले बदल्ने दृष्टिकोण, समस्या तथा पहिचानका लागि गरेको संघर्ष र सफलतामा केन्द्रित भई 'तमस - अ वाक इन दि डार्क' नामक फिल्म निर्माण हुने भएको छ । आन्ट्स हिल प्रोडक्शनको ब्यानरमा प्रकाश बस्नेतले निर्देशन गर्ने फिल्मको शनिबार राजधानीमा घोषणा गरियो ।
 
 
लामो समय अध्ययन, अनुसन्धान गरि तयार पारिएको स्क्रिप्टमा निर्माण गरिन लागेको 'तमस' कलात्मक रुपले प्रस्तुत गरिने निर्देशक बस्नेतले बताए । ‘कलात्मकताका साथै मनोरञ्जनलाई पनि उत्तिकै ध्यान दिएका छौं,’ उनले भने, ‘अपांगताजस्तो सामाजिक समस्याको कथा आँफैमा प्रेरणादायिक छ ।’ फिल्मले आमदर्शकलाई प्रेरणा दिने फिल्मका निर्माता अभि थापाको कथन छ । 
 
१९ असोजबाट सुटिङ सुरु गरिने 'तमस'को निर्माण घोषणा कार्यक्रमका प्रमुख अथिति रोमान्स किङ अभिनेता भुवन केसीले फिल्मले आम दर्शकको मन जित्न सकोस् भन्दै शुभकामना दिए । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले फिल्मले मनोरञ्जनका साथै सामाजिक समस्यालाई समेत प्रस्तुत गर्न लागेकोमा खुशी ब्यक्त गरे । 
 
 
'तमस'को सुटिङ अगावै अडियो बिमोचन गरियो । अभिनेता भुवन केसीले फिल्मको अडियो सार्वजनिक गरे भने गायक बिक्रम राईले फिल्ममा समाबेश एउटा गीत प्रत्यक्ष गाएर सुनाए । भावना मल्ल र केशरजंग थापाले लेखेको तमसमा राजनश्री आचार्य र भावना मल्ल प्रमुख भूमिकामा छन् । 
 
यस्तै फिल्ममा सौनक शिबाकोटी, राजीब सेढाइ, इरादा सुवेदी, युनिशा कटवाल, सुमीत झा लगायतले अभिनय गर्दैछन् । नरेन रुम्बा र राजीव आचार्यले खिच्ने फिल्मको कार्यकारी निर्माता सबिन शिबाकोटी हुन् । फिल्ममा संजोग लिम्बुको संगीत छ ।