Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1573 - 1578 of 23775
फिल्मीखबर, काठमाडौं, 2025-02-02, आईतवार

प्रायः फिल्मका गीतहरु प्रदर्शन अगावै सार्वजनिक भइसकेका हुन्छन् । त्यसले फिल्मको प्रचारमा सघाउ पुग्ने विश्वास मेकरहरुमा छ । तर, केही फिल्मको भने कथा खुल्ने डरले प्रदर्शनपछि मात्र गीत सार्वजनिक गरिन्छ । यही सिलसिलालाई पछ्याउँदै शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘एक्टर : टेक वन’को तेस्रो दिन आइतबार नयाँ गीत ‘जिन्दगी रेल’ युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-02-02, आईतवार

यही माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सारंग’को नयाँ गीत सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक ‘मेरो बाबा मेरो आमा’ बोलको गीतमा आयुष गिरी, अनुमा चौधरी र जयन्त माधव बराइलीको गायन, दीपक शर्माको शब्द तथा शंकर थापा (स्माइल)को संगीत छ । मर्मस्पर्शी भावको गीतमा बुबाआमाले सन्तानका लागि गरेको माया, संघर्ष र त्यागको बखान छ ।

फिल्मीखबर, काठमाडौं, 2025-02-02, आईतवार

यतिबेला चर्चित गायिका एलिना चौहानले श्रीमानसँग डिभोर्सका लागि अदालतमा मुद्धा दायर गरेको विषय चर्चामा रहँदा अभिनेत्री अरुणिमा लम्सालको पनि घरबार बिग्रिएको खबरले फिल्मवृत गर्माएको छ । यसको मुख्य कारण हो, उनले श्रीमान् र विवाहका सम्पूर्ण तस्वीर सामाजिक सञ्जालबाट हटाउनु । गत भदौ ३ गते सुनसरी निवासी युवराज श्रेष्ठसँग उनले लगनगाँठो कसेकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, 2025-02-02, आईतवार

५ वर्षपछिको कमब्याक फिल्म ‘एक्टर: टेक वन’ यतिबेला हलमा प्रदर्शन भइरहँदा अभिनेत्री आना शर्माले नयाँ फिल्मको छायांकन सुरु गरेकी छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले यसबारेमा जानकारी गराएकी हुन् । एक तस्वीरसहित ‘नयाँ सुरुवात’ भन्दै उनले लेखेकी छन्, ‘यो यात्रा र अगाडिका सबै चिजको लागि उत्साहित छु ।’ उनले फिल्मको नाम भने खुलाएकी छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2025-02-02, आईतवार
फिल्मीखबर, काठमाडौं, 2025-02-02, आईतवार

अभिनयमा प्रखर राजबल्लभ कोइरालालाई अब अभिनेता मात्र भन्दा अन्याय हुनेछ । उनी कवि पनि बनेका छन् । शनिबार उनले पहिलो कविता संग्रह ‘औरा’ सार्वजनिक गरे । काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक उक्त कृति उनले छोरीलाई उपहार स्वरुप तयार पारेका हुन् । उनको छोरीको नाम पनि औरा हो । औराको अर्थ आभा मण्डल अर्थात् प्रकाशहरुको घेरा भन्ने हुन्छ ।

Results : 1573 - 1578 of 23775
Most Visited News (monthly)