Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1447 - 1452 of 23775
फिल्मीखबर, काठमाडौं, 2025-03-02, आईतवार

‘कबड्डी’ जोडी दयाहाङ राई र विजय बराललाई मुख्य भूमिकामा लिएर बन्न लागेको फिल्म ‘वरिष्ठ बलराम’को शुभ मुहूर्त गरिएको छ । आइतबार बिहान काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा मुहूर्त पूजा गरेपछि फिल्मको टिम छायांकनका लागि तराई प्रस्थान गरेको छ । फिल्मको छायांकन चितवन र हेटौंडासहित तराईका विभिन्न जिल्लामा गरिने निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2025-03-02, आईतवार

गत बुधबार अर्थात् शिवरात्रिको दिनबाट प्रदर्शनमा आएको फिल्म ‘फेरि रेशम फिलिली’को नयाँ गीत ‘कैले घाममा कैले छायाँमा’ सार्वजनिक गरिएको छ । फिल्म प्रदर्शनको चौथो दिन सार्वजनिक गरिएको गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द रचना छ भने सुगम पोखरेलको गायन छ । कथा खुल्ने डरले निर्माण टिमले यो गीत फिल्म रिलिजअघि सार्वजनिक नगरेको हो ।

फिल्मीखबर, काठमाडौं, 2025-03-02, आईतवार

शिवरात्रिको अवसर पारेर गत बुधबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मायावी’ घरेलु बक्स अफिसमा अपेक्षित रुपमा चल्न सकेको छैन । शनिबारसहित तीन दिनको विदामा एकाध शोहरु हाउसफुल भए पनि धेरै शो दर्शक अभावले रद्द हुन पुगे । आइतबारबाट फिल्मको अकुपेन्सी झनै दयनीय बनेको देखिन्छ । फिल्मले दर्शकको अपेक्षित साथ नपाएपछि निर्माण टिममा निराशा छाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-03-01, शनिवार

निर्देशक दिनेश राउतले आफ्नो नयाँ फिल्म ‘महाभोज’को छायांकन सकाएका छन् । कास्कीको घाचोकपछि काठमाडौंमा अन्तिम चरणको छायांकन गर्दै ३५ दिनमा शुक्रबार फिल्म प्याकअप भएको हो । इन्डक्ल्यापमा फिल्मका मुख्य अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री अञ्जना बराइलीको दृश्य खिचिएको थियो । फिल्मको घाचोकमा ३३ दिन र काठमाडौंमा २ दिन छायांकन भएको हो ।

फिल्मीखबर, काठमाडौं, 2025-02-28, शुक्रवार
Results : 1447 - 1452 of 23775
Most Visited News (monthly)