Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 1009 - 1014 of 23779
फिल्मीखबर, काठमाडौं, 2025-07-06, आईतवार

फिल्ममा डेब्यु गर्नुअघि अभिनेत्री दिव्या रायमाझीको चर्चा व्यापक थियो । त्यसको कारण थियो, उनी ‘स्टार किड्स’ हुन् । चर्चित अभिनेता दीलिप रायमाझीकी छोरी भएका कारण उनीप्रति फिल्मकर्मीदेखि दर्शकसम्मको चासो थियो । यसैले उनले डेब्यु गरेको फिल्म ‘एक्टर : टेक वान’ उनकै कारण सर्वाधिक चर्चामा रह्यो । तर, दुर्भाग्य ! यो फिल्मको नतिजाबाट भने उनी निराश हुनुपर्‍यो ।

फिल्मीखबर, काठमाडौं, 2025-07-05, शनिवार

अभिनेता द्वय दयाहाङ राई र प्रकाश सपूतले पहिलो पटक सहकार्य गरेको फिल्म ‘मिरमिरे’को छायांकन सुरु भएको छ । एक हप्ता वर्कसपमा बसेको निर्माण टिमले शनिबार पनौती नगरपालिका वडा नं. ११ बल्थलीस्थित लड्केश्वर आधारभूत विद्यालयमा क्यामेरा पूजा गर्दै छायांकन थालेको हो । ३५ दिनको सेड्युलमा फिल्मको सम्पूर्ण छायांकन काभ्रेका विभिन्न स्थानमा हुनेछ ।

एजेन्सी, काठमाडौं, 2025-07-05, शनिवार

आफ्ना अभिव्यक्तिका कारण अक्सर चर्चा र विवादमा आइरहने कलाकार हुन्, परेश रावल । उनले बलिउडभित्रको माफियादेखि राजनीतिक गतिविधिलाई लिएर विभिन्न टिप्पणी गरिरहेका हुन्छन् । यतिबेला भने उनी ‘हेरा फेरी ३’मा फर्किएको विषय र ओटीटी कन्टेन्टबारे दिएको अभिव्यक्तिका कारण चर्चामा छन् । उनले ओटीटीका कारण कन्टेन्ट एकदमै खराब भइरहेको बताएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-07-04, शुक्रवार

‘माग्ने बुढा’को रुपमा परिचित कलाकार केदार घिमिरेले पहिलो पटक मुख्य भूमिकामा अभिनय गरेको फिल्म ‘माग्ने राजा’ आगामी भदौ ६ गतेबाट प्रदर्शन हुँदैछ । यसै साता सार्वजनिक भएको टिजर हेर्दा फिल्मको कथा उनीमै केन्द्रित रहेको देखिन्छ । उनी अकूत पैसा भएको व्यक्तिको रुपमा देखिएका छन् । टिजरमा उनले बोलेका संवादहरू अहिले टिकटकमा भाइरल भइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-07-04, शुक्रवार

यही असार २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीत सार्वजनिक गरिएको छ । नेपालको कला-संस्कृति र नेपालीहरुको वीरताको बखान गरिएको उक्त गीतमा कमल रसाइलीको पार्श्व गायन, शंकर अधिकारी घायलको शब्द रचना तथा विशाल चौधरीको संगीत रहेको छ । 

फिल्मीखबर, काठमाडौं, 2025-07-04, शुक्रवार

कुनै पनि कलाकारको करिअर दुईवटा कुरामा निर्भर हुन्छ । या त फिल्म लगातार सफल हुनुपर्‍यो या अभिनयमा अब्बल हुनुपर्‍यो । यी दुवै चिज नभए करिअर अगाडि बढ्न चुनौती हुन्छ । हुन त अभिनयमा अब्बल हुँदाहुँदै पनि फिल्मको असफलताका कारण करिअरलाई नै विट मार्न बाध्य भएका धेरै कलाकार छन् । यसअर्थ फिल्मको सफलता कलाकारका लागि सबैभन्दा महत्त्वपूर्ण छ ।

Results : 1009 - 1014 of 23779
Most Visited News (monthly)