मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली राजनीतिक फिल्ममा ‘मेयर’ टर्निङ पोइन्ट हुन्छ : दीपेन्द्र

फिल्मीखबर, काठमाडौं, 2024/04/24

Dipendra Kumar Khanal

 

निर्देशक दीपेन्द्र के. खनालले पहिलोपटक राजनीतिक विषयमा बनाएको फिल्म हो, ‘मेयर’ । उनले गत साता फिल्मको छायांकन सकाएका छन् । सर्लाही जिल्लास्थित बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापाको जीवन संघर्षमा आधारित भएर बनेको फिल्मका धेरैजसो दृश्य ठूलो ‘क्राउड’ राखेर खिचिएको थियो । क्लाइमेक्स खिच्नका लागि मात्र ११ हजार मान्छे उतारिएको थियो ।

दीपेन्द्र ‘मेयर’ आफ्ना लागि विशेष रहेको बताउँछन् । सोचेको भन्दा पनि सहजसँग फिल्मको छायांकन गरेको उनको अनुभव छ । राजनीतिक फिल्ममा एक/दुई दर्जन मानिस जम्मा गर्न पनि कठीन हुने गरेको अवस्थामा ‘मेयर’मा आफूले त्यो झेल्नु नपरेको उनले बताए । राजनीतिक विषयमा बनेका नेपाली फिल्महरुमध्ये पहिलोपटक ‘मेयर’मा सबैभन्दा ठूलो ‘क्राउड’ देखिने उनको दाबी छ ।

उनी भन्छन्, ‘राजनीतिक फिल्ममा यतिधेरै ‘क्राउड’ पहिलोपटक देखिनेछ । बागमती नगरपालिका र स्थानीयको सहयोगले गर्दा यो सम्भव भयो । यसले फिल्मको प्रोडक्सनलाई ‘रिच’ बनाएको छ । त्यसको सकारात्मक प्रभाव फिल्ममा देखिनेछ । यसले फिल्मलाई भव्य र विश्वसनीय पनि बनाएको छ ।’ ‘मेयर’ले राजनीतिक फिल्म कस्तो हुन्छ भन्ने असली स्वाद दिने निर्देशक खनाल बताउँछन् ।

 

Dipendra Kumar Khanal


उनलाई नेपाली राजनीतिक फिल्मको इतिहासमा ‘मेयर’ टर्निङ पोइन्ट बन्छ भन्ने पूर्ण विश्वास छ । ‘मैले बनाएको भनेर दाबी गरेको होइन । यो नेपाली राजनीतिक फिल्मको इतिहासमा टर्निङ पोइन्ट हुनेछ,’ उनले भने । ठूलो मास हुँदा राजनीतिक फिल्मको रंग नै अर्कै हुने उनको अनुभव छ । ‘मेयर’ले तराई क्षेत्रमा नेपाली फिल्मको बजार विस्तारमा समेत ठूलो सहयोग गर्ने उनको विश्वास छ ।

फिल्ममा अभिनेता खगेन्द्र लामिछानेले मेयर थापाको भूमिका निभाएका छन् । उनको श्रीमतीको भूमिकामा अभिनेत्री वर्षा राउतले अभिनय गरेकी छन् । यसमा प्रकाश घिमिरे, हरिहर शर्मा, रमेश बुढाथोकी, अनुप बराल, अर्पण थापा, दिव्यदेव पन्त, रवीन्द्र झा, आशान्त शर्मा, ऋचा शर्मा, अर्विशा थापा लगायतको पनि अभिनय छ । यो फिल्मलाई यसै वर्ष प्रदर्शनको योजनामा दीपेन्द्र छन् ।