Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘फिल्मी शैली’ मा प्रेमीले लगाइदिए इन्दिरालाई औँठी

काठमाडौं, फिल्मीखबर, 2021/09/24
 
चर्चित गायिका इन्दिरा जोशीको इन्गेजमेन्ट भएको छ । फेसन डिजाइनर शरद केडियाले बिहीवार खुम्बु पुगेर उनलाई इन्गेजमेन्ट औँठी लगाइदिएका हुन् । सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको एक फेसन शोमा भाग लिन जाने क्रममा शरदले ‘फिल्मी शैली’ मा घुँडा टेकेर इन्दिरालाई औँठी लगाएको भिडियो क्याप्टेन विवेकले आफ्नो टिकटक खातामा पोस्ट गरेका छन् । 
 
गत वर्ष इन्दिराले सामाजिक सञ्जालमा प्रेमी (शरद केडिया) ले रिङ लगाइदिएको एक तस्विर पोस्ट गर्दै आफूहरु विगत २ वर्षदेखी प्रेममा रहेको जानकारी दिँदै जिन्दगीको अन्तिम सास रहेसम्म एकसाथ रहने बाचा गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी दुई वर्षदेखि एकसाथ छौँ र कैयौँ वर्षदेखि एकसाथ अगाडि बढ्ने वाचा गरेका छौँ ।’ 
 
‘चौबन्दी चोली अनि रातो घाँघर’ गीतबाट चिनिएकी इन्दिरालाई फिल्म ‘लुट’ को ‘उध्रेको चोली’ गीतले ठूलो ख्याती दिलाएको थियो । त्यसयता उनले एकसेएक लोकप्रिय गीतमा आफ्नो आवाज दिइसकेकी छन् । उनले गाएका ‘ठूली’ को म त मर्छु क्या हो’, ‘कथा काठमाण्डू’ को ‘रातको कुरा’, ‘प्रेमगीत २’ को ‘मोटरसाइकलमा’, ‘मुखौटा’ को ‘एक चोटीमा’ जस्ता फिल्मका गीत चर्चित छन् ।
@captbibek

“Wish you both happy life ahead” @indirajoshi99 #engagementceremony #tiktoknepal #foryoupage #captbibek #lifeisbeautiful #bestofluck #fypシ #khumbu

♬ original sound - ⊙☂🐞ξ®¡×👅
Most Visited News (monthly)