Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

सरकारले दीपाश्रीदेखि अनमोलसम्मलाई विभूषित गर्ने

फिल्मीखबर, काठमाडौं, 2021/09/19
 
सरकारले संविधान दिवस २०७८ को अवसरमा आइतवार फिल्म र संगीत क्षेत्रका व्यक्तिहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ । फिल्म क्षेत्रतर्फ प्रबल जनसेवाश्रीबाट रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, नवल खड्का, दीपाश्री निरौला र प्रकाश घिमिरेलाई सरकारले विभूषित गर्ने भएको छ भने गौरी मल्ल सुप्रबल जनसेवाश्रीबाट विभूषित हुने भएकी छन् ।
 
त्यस्तै, अभिनेत्री केकी अधिकारी, अभिनेता अनमोल केसी, निर्देशक मिलन चाम्स, निर्माता राजकुमार राई, मैथिली कलाकार रञ्जु झाले जनसेवाश्री पदक पाउने भएका छन । यही पदक गायक हेमन्त शर्मा, गायक तथा नायक प्रकाश सपुत, अमेरिकी नेपाली दोहोरी गायिका अन्ना स्टिर, हास्य कलाकार शिवशंकर रिजाल, नृत्यांगना तेरिया मगर र गायिका राधिका हमाल पनि पाउनेछन् ।
 
सरकारले संगीततर्फ प्रबल जनसेवाश्रीबाट विभूषित गर्ने सूचीमा दाहोरी गायक चन्द्रप्रसाद शर्मा, दाहोरी गायक कुलेन्द्र विश्वकर्मा, गायिका देविका प्रधान, दाहोरी गायिका विष्णु माझी र संगीतकार कस्तुप पन्तको नाम समावेश छ । सरकारले स्वर्गीय गायक नारायण गोपाललाई महाउज्वल राष्ट्रदीप र गीतकार कालीप्रसाद रिजाललाई सुप्रबल जनसेवाश्रीबाट सम्मान गर्ने घोषणा गरेको छ ।
Most Visited News (monthly)