Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘घिन्ताङ’ को छायांकन सुरु, गौरव र केकीको यस्तो लुक्स

फिल्मीखबर, काठमाडौं, 2021/09/18
 
एक समयका सफल निर्देशक दीपक श्रेष्ठले सात वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘घिन्ताङ’ को छायांकन सुरु भएको छ । किस्ताबन्दीको कोरोना महामारी र लकडाउनका कारण छायांकनमा जान नसकेको यो फिल्म शुक्रवारबाट फ्लोरमा निस्किएको हो । पनौतीको खोपासी गाउँमा पहिलो सेड्युलको छायांकन हुने निर्देशक श्रेष्ठले फिल्मीखबरलाई जानकारी दिए । 
 
फिल्ममा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन् । सुटिङ सेटबाट बाहिरिएको एक तस्बिरमा उनीहरुलाई भिन्न लुक्स र गेटअपमा देख्न सकिन्छ । श्रीमतीको निधनपछि एकल जीवन विताइरहेका दलित समुदायका धने (गौरव) र श्रीमानको निधनपछि एक्ली भएकी बाहुन समुदायकी लक्ष्मी (केकी) बीचको प्रेम सम्बन्धको कथालाई फिल्मलाई देखाइनेछ । 
 
साहित्यकार मन्दिरा ‘मधुश्री’ ले लेखेको ‘मासुको मुल्य’ कथामाथि निर्माण भइरहेको फिल्ममा नीर शाह र मदनकृष्ण श्रेष्ठको विशेष भूमिका रहनेछ । निर्देशक श्रेष्ठले आफूले अहिलेसम्म निर्देशन गरेका फिल्मभन्दा ‘घिन्ताङ’ विल्कुलै फरक हुने दाबी गरेका छन् । आफैंले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ का लागि कपाल मुन्डन गरेकी केकीले यो फिल्ममा नक्कली कपाल लगाएकी छन् ।
Most Visited News (monthly)