Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

माल्दिभ्समा खुलेकी अदिती

फिल्मीखबर, काठमाडौं, 2021/09/15
अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘कृ’ बाट नायिकाको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकीले त्यसपछि करीब तीन वर्ष फिल्ममा काम गरिनन् । पहिलो फिल्मले अपेक्षित सफलता हासिल नगर्दा उनी मुम्बई फर्किएर मोडलिङमा व्यस्त बनेकी थिइन् । यो बीचमा उनले केही हिन्दी र पञ्जाबी गीतमा अभिनय गरिन्, जसले उनलाई भारतका दर्शकबीच पनि परिचित गराएको छ । 
 
 
बलिउडमा आफ्नो एउटा स्थान बनाएपछि उनी पुनः नेपाली फिल्ममा फर्किएकी छन् । आफ्नै आमा पुष्पा बुढाथोकीले निर्माण गरेको फिल्म ‘बाबरी’ मा उनी मुख्य भूमिकामा छिन् । गत वर्ष लेटाङबाट खिचिएको फिल्मको अझै छायांकन पूरा भएको छैन । कोरोना महामारीका कारण अधुरैमा रोकिएको फिल्मको दोस्रो चरणको छायांकन सिक्किममा गर्ने तयारीमा निर्माण टिम छ ।
 
फिल्मको छायांकन रोकिएपछि निषेधाज्ञाको समयमा दुई महिना परिवारसँग काठमाडौंमै बसेकी उनी भारतसँगको हवाई यात्रा खुलेलगत्तै मुम्बई उडेकी थिइन् । अहिले उनी छुट्टी मनाउन साथीहरुसँग माल्दिभ्समा छन् । उनले माल्दिभ्सको समुन्द्री किनारमा विकिनी अवतारमा खिचेका तस्बिरहरु इन्स्टाग्राममा शेयर गरेकी छन् । उक्त पोस्टमा ९४ हजारभन्दा बढी लाइक्स मिलेको छ ।
 
 
सामाजिक सञ्जालमा पोस्ट गर्ने ‘हट एन्ड बोल्ड’ तस्बिरका कारण चर्चामा आउने गरेकी उनी नेपाली सेलिब्रेटीहरुमध्ये इन्स्टाग्राममा सर्वाधिक फलोअर्स कमाउने अभिनेत्री हुन् । इन्स्टामा उनलाई पछ्याउनेको संख्या १७ लाख छ । दशैंपछि हुने ‘बाबरी’ को छायांकनका लागि उनी भारतबाट सिधै सिक्किम प्रस्थान गर्ने बताइएको छ । यसमा उनको जोडी धिरज मगरसँँग बाँधिएको छ ।
Most Visited News (monthly)