Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5107 - 5112 of 23779
फिल्मीखबर, काठमाडौं, 2022-09-05, सोमवार

५ वर्षको विश्रामपछि अभिनेता राजेश हमाल फिल्म ‘मायाको माया’बाट कमब्याक गर्दैछन् । केही दिनमा यो फिल्मको छायांकन सुरु हुँदैछ । कोरोना महामारीको समयमा उनले अर्को एक फिल्म ‘सत्यम्’ पनि साइन गरेका थिए । तर, विभिन्न कारणले यो फिल्म छायांकनमा निस्किन नसकेपछि उनले गत साउनमा ‘मायाको माया’ साइन गर्दै आफ्नो कमब्याक फिल्मको टुंगो लगाएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2022-09-05, सोमवार

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली धेरैका मनपर्ने नेता हुन् । फिल्म क्षेत्रमा पनि उनलाई मन पराउने कलाकारहरु धेरै छन् । राष्ट्रियताको सवालमा लिने अडान होस् वा हाँस्यरससहितको तिखो व्यङ्ग्य, यीनै कारणले केपी ओली प्रायः कलाकारको रोजाईमा पर्ने गर्छन् । हाँस्य कलाकारहरुले त आफूहरुको काम केपी ओलीले गरिरहेको बताउने गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-09-05, सोमवार

अभिनेता विजय देवरकोन्डाको बलिउड डेब्यू फिल्म ‘लाइगर’को असफलताले निर्मातालाई ठूलो झट्का दिएको छ । प्रदर्शनपूर्व फिल्मको राम्रो हाइप थियो । विजय पनि फिल्मलाई लिएर कन्फिडेन्ट थिए । तर, ‘डेट एक्सपायर्ड’ कथावस्तुका कारण ‘लाइगर’ बक्सअफिसमा डुब्यो । फिल्म असफल भएपछि विजयले निर्मातालाई पारिश्रमिकको केही प्रतिशत फिर्ता गर्ने घोषणा गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-09-04, आईतवार

भाइटीकाको भोलीपल्ट अर्थात् कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महापुरुष’ विदेशका विभिन्न देशहरुमा पनि नियमित शोमा प्रदर्शन हुने भएको छ । संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान, युरोप, कोरिया र मध्य पूर्वका देशहरुमा एकसाथ प्रदर्शन हुन लागेको फिल्मको अमेरिका र अस्ट्रेलियाको लागि नियमित शोको लगभग निश्चित भइसकेको छ । 

फिल्मीखबर, काठमाडौं, 2022-09-04, आईतवार

७ वर्षपछि निर्देशनमा फर्किएका ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ शुक्रवारबाट प्रदर्शनरत छ । पहिलो दिन औसत व्यापार गरेको फिल्मले शनिवार देशभरका मल्टीप्लेक्स र सिंगल थिएटरमा हाउसफुल व्यापार गर्‍यो । यसलाई देउजाले आफ्नो कमब्याक सफल भएको महसुस गरेका छन् । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण फिल्म लामो रेसको घोडा बन्नेमा उनी विश्वस्त छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-09-04, आईतवार

यही भदौ २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’को शनिवार काठमाडौंमा विशेष शो सम्पन्न भएको छ । गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने राइफलम्यान कुलवीर थापाको वास्तविक कथामा आधारित भएर निर्माण भएको फिल्मलाई विशेष शोमा सुखद् प्रतिक्रिया मिलेको छ । शोमा उपस्थिति प्रायः पाहुनाहरुले कथावस्तुको प्रशंसा गरे । 

Results : 5107 - 5112 of 23779
Most Visited News (monthly)