Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 2035 - 2040 of 23769
फिल्मीखबर, काठमाडौं, 2024-09-23, सोमवार

पौराणिक एक्सन-थ्रिलर कथामा निर्माण हुन लागेको फिल्म ‘डिएनए’को घोषणा टिजर सार्वजनिक गरिएको छ । सोमबार युट्युबमा सार्वजनिक ३ मिनेट २२ सेकेन्ड लम्बाईको टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । एक पौराणिक वस्तुमाथि फिल्म केन्द्रित रहने टिजरले प्रस्ट्याउँछ । यही फिल्मबाट अभिनेताको रुपमा डेब्यु गर्न लागेका सुधन पोखरेल एक्सन अवतारमा देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-09-23, सोमवार

अभिनेता विराज भट्टको दोस्रो निर्देशकीय फिल्म ‘१२ गाउँ’को नयाँ गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक ‘कसो कसो’ बोलको रोमान्टिक गीतमा फिल्मका मुख्य अभिनेता समीर भट्ट र अभिनेत्री सोनू चन्द्रपाल प्रस्तुत छन् । उनीहरूको एकअर्काप्रति आशक्ति, आकर्षण र प्रेमभाव गीतले बोल्छ । समीर विराजका आफ्नै छोरा हुन् भने सोनू भारतीय टीभी सिरिजकी कलाकार हुन् ।

एजेन्सी, काठमाडौं, 2024-09-23, सोमवार

राजकुमार राव र श्रद्धा कपूर अभिनीत फिल्म ‘स्त्री २’ भारतीय बक्स अफिसमा नपत्याउने खोला बनेर निस्किएको छ । प्रदर्शनपूर्व बढीमा २ सय करोडसम्म कमाउन सक्ने आँकलन गरिएको फिल्मले व्यापारमा इतिहास रचेको छ । ‘जवान’देखि ‘पठान’सम्मलाई फिल्मले कमाईमा उछिनेको मात्र छैन, सर्वाधिक कमाउने पहिलो बलिउड फिल्मको कीर्तिमानी समेत बनाउन सफल भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-09-23, सोमवार

कुनै बेलाकी सर्वाधिक सफल अभिनेत्री निरुता सिंहले लामो समयपछि केमियो भूमिकामै भए पनि ‘नाइँ नभन्नू ल ५’बाट अभिनयमा कमब्याक गरेकी थिइन् । यसपछि फिल्म ‘दाल भात तरकारी’मा मुख्य भूमिका निभाइन् । तर, यो फिल्मपछि निरुता फेरि निस्क्रिय देखिएकी छन् । फिल्मबाट अफर पुगिरहेको भए पनि उनले काम गरेकी छैनन् । उनी फिल्ममा नदेखिएको ५ वर्ष भइसकेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-09-22, आईतवार

माथि उल्लेखित यो अंश बिहीबारदेखि प्रदर्शनरत फिल्म ‘खुस्मा’मा समावेश ‘रुकुम मैकोट’ गीतको हो । एक महिनाअघि युट्युबमा सार्वजनिक भएको यो गीत लगभग २ सातादेखि नेपालको म्यूजिक सेक्सन अन्तर्गत ट्रेन्डिङको पहिलो नम्बरबाट डगमगाएको छैन । यसमा सयौं टिकटक, रिल्स र शर्टस् बनिसकेका छन् । गीतको लोकप्रियताको फाइदा ‘खुस्मा’को व्यापारमा पनि पुगिरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-09-22, आईतवार

आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर’मा अभिनेता प्रदीप खड्काको जोडी अभिनेत्री द्वय आना शर्मा र दिव्या रायमाझीसँग बाँधिएको छ । उनीहरूका एकल पोस्टरहरू गत महिना श्रृंखलाबद्ध रुपमा सार्वजनिक गरिएको थियो । आइतबार थप तीनटा पोस्टर सार्वजनिक गरिएको छ, जसमा आना र दिव्याप्रति प्रदीपको प्रेमभाव दर्शाउन खोजिएको छ ।

Results : 2035 - 2040 of 23769
Most Visited News (monthly)