
आज नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन अर्थात् भाइटीका । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका र फूलको माला लगाउने चलन छ । भाइटीकाको टीका लगाउन आज दिनभर कुनै बाधा नरहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।


हरर, थ्रिलर, एक्सन र कमेडी विधामा फिल्म ‘डोरी’ निर्माण हुने भएको छ । तिहारको अवसर पारेर शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो । फिल्मलाई अरुण लामाले निर्देशन गर्नेछन् । यसअघि विभिन्न लघु फिल्म र वृत्तचित्र निर्देशन गरिसकेका लामाको यो पहिलो फिचर फिल्म हुनेछ ।

गीतसंगीतलाई चाडपर्वको आत्मा मानिन्छ । यस्तो आत्मा, जुनबिना चाडपर्व नै अपुरो हुन्छ । गीतमा यति सामर्थ्य हुन्छ, जसले सिंगो चाडपर्व र संस्कृतिलाई नै जीवन्त बनाएर राख्छन् । दशैं होस् वा तिहार, फागु होस् वा तीज, हरेक पर्वको सांस्कृतिक र धार्मिक महत्व बोल्ने गीत बनेका छन् । तर, अझै पनि चाडपर्वमा नयाँभन्दा दशकअघिका गीतहरुकै बोलबाला देखिन्छ ।

घरेलु फिल्मकी उम्दा कलाकार हुन्, नीता ढुंगाना । बाल्यकालदेखि अभिनयमा सक्रिय उनले राष्ट्रिय अवार्ड समेत प्राप्त गरिसकेकी छन् । अभिनयको अनुभवलाई ‘सर्टिफिकेट’ मानेर उनी कोभिडअघि आफैं फिल्म निर्देशन गर्ने योजना थिइन् । त्यो फिल्म थियो, ‘ह्रस्व दीर्घ’ । तर, स्क्रिप्टमा काम हुँदै जाँदा कथाले ठूलो ‘क्यानभास’ माग्यो । त्यसपछि उनले निर्देशनको आँट गर्न सकिनन् ।

छठ पर्वको दिन पारेर यही कात्तिक २२ गतेबाट प्रदर्शनमा ल्याउने तयारी गरिएको हरर-कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ झन्डै साढे २ महिना पछाडि सरेको छ । अब यो फिल्म आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार निर्माण कम्पनी विन्ध्यवासिनी क्रियसनले एक विज्ञप्ति जारी गर्दै प्राविधिक कारणले प्रदर्शन मिति हेरफेर गरिएको जनाएको छ ।

