मिति : २०८१ वैशाख ३०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 109 - 114 of 21235
फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ४, मंगलवार

फिल्म ‘प्रेमगीत’पछि दुई ध्रुव भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच ८ वर्षपछि फिल्ममा सहकार्य जुरेको छ । मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ फिल्मका लागि लिखित सम्झौता गरेका छन् । आगामी दशैंपछि छायांकनको तयारी गरिएको फिल्म लभस्टोरी कथामा बन्ने जनाइएको छ । यसमा प्रदीपको जोडी अभिनेत्री पूजा शर्मासँग बाँधिने लगभग निश्चित छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ४, मंगलवार

अभिनेता रमित ढुंगानाले आफ्नो डेब्यू निर्देशित फिल्म ‘नमेटिने घाउ’मा नेताहरुलाई पनि अभिनय गराएका छन् । मंगलबार बिहान पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी माधवकुमार नेपालको दृश्य खिचियो । जडीबुटीस्थित कोटेश्वर बहुमुखी क्याम्पसमा भएको छायांकनमा उनले संवाद बोलेर अभिनय गरेका हुन् । अभिनय गर्नुअघि उनले अगरबत्ती बालेर क्यामेरा पूजा गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ४, मंगलवार

पछिल्लो समय फिल्म बनाउनभन्दा प्रचारमा बढी मिहिनेत गर्नुपर्ने अवस्था छ । प्रचारले नै फिल्मप्रति दर्शकलाई आकर्षित गराउने भएकाले यो महत्त्वपूर्ण छ । तर, अक्सर फिल्म यही चुक्ने गरेका छन् । जसले गर्दा राम्रा फिल्म पनि व्यापारमा कमजोर बनिरहेका छन् । हुन त, प्रचारले मात्र फिल्म सफल हुने होइन । यद्यपि, फरक शैलीको प्रचारले व्यापारमा केही हदसम्म फाइदा भने पुग्छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ४, मंगलवार

नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ले सुरुवातको दुई दिन आक्रामक व्यापार गर्‍यो । विशेषगरी नयाँ वर्षमा फिल्मको व्यापारमा उछाल देखिएको थियो । आइतबारबाट कामकाजी दिन सुरु भएकाले व्यापारमा केही ह्रास आएको छ । यद्यपि, प्राप्त शोजमा अकुपेन्सी सुखद् देखिन्छ । बुधबार राम नवमीको विदा भएकाले फिल्मको व्यापारमा फाइदा पुग्न सक्नेछ ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ४, मंगलवार

पाँच वर्ष लामो प्रेम सम्बन्धलाई पूर्ण विराम लगाएपछि अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठबीच बोलचाल समेत बन्द भएको थियो । तर, ब्रेकअपपछि पनि उनीहरु फिल्ममा फेरि एकसाथ काम गर्न तयार भएका छन् । ‘छड्के’ निर्देशक निगम श्रेष्ठको नयाँ फिल्म ‘भाइरल गोर्खे’मा उनीहरुको जोडी बाँधिन लागेको हो । मंगलबार एक पोस्टर सार्वजनिक गर्दै यो फिल्मको घोषणा गरियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ३, सोमवार

ग्रामीण क्षेत्रमा नेपाली फिल्मको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को तेस्रो संस्करण यही बैशाख ६ गतेदेखि ८ गतेसम्म रामेछाप जिल्लामा आयोजना हुँदैछ । त्यसका लागि महोत्सवमा छानिएका फिल्मको ‘लाइनअप’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा ‘प्रि-इभेन्ट’ आयोजना गर्दै महोत्सवमा कूल २० वटा फिल्म छनोट भएको जानकारी गराइयो ।

Results : 109 - 114 of 21235