मिति : २०८१ वैशाख ३०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 103 - 108 of 21235
फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ६, बिहिवार

चलचित्र कलाकार संघले ६ वर्षदेखि रोकिएको ‘फान अवार्ड’लाई निरन्तरता दिने भएको छ । २०७२ र २०७४ साल गरी दुईपटक आयोजना भएको अवार्ड कोभिडपछि रोकिएको थियो । अब यस वर्ष अवार्डको तेस्रो संस्करण आयोजना गर्ने तयारीमा संघ जुटेको छ । २०७९ र २०८० सालमा रिलिज भएका फिल्मलाई समेट्दै अवार्ड प्रदान गरिने संघका महासचिव सविर श्रेष्ठले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ५, बुधवार

गायक तथा संगीतकार टंक बुढाथोकीको करिअरको ‘टर्निङ पोइन्ट’ मानिन्छ, ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ गीत । ६ वर्ष अगाडि रिलिज भएको यो गीतले ठूलो ख्याति कमाएको थियो । अब यही गीतको नाममाथि टंकले फिल्म बनाउने भएका छन् । बुधबार लेखक शिवम् अधिकारीले उनलाई स्क्रिप्ट हस्तान्तरण गरे । बर्खायाम (असार) अगाडि नै छायांकनको तयारी गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ५, बुधवार

पहिलो फिल्म ‘जारी’बाटै ठूलो व्यावसायिक सफलता हासिल गरेका निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक साढे ४ मिनेट लम्बाईको ट्रेलरले सहर नजिककै एक बस्तीमा बस्ने दुई अलग समुदायका पात्रको कथालाई पेश गरेको छ । विवाहित ब्राह्मण पुरुष र लिम्बू महिलाबीचको नोकझोंक र आकर्षणमा ट्रेलर केन्द्रित छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ५, बुधवार

२०७९ सालको ब्लकबस्टर फिल्म ‘छक्का पञ्जा ४’को निर्माण समूह र निर्देशक हेमराज विसीबीचको विवाद सतहमा आएको छ । करिब ६ महिनादेखि अमेरिकामा रहेका निर्देशक विसीले निर्माण कम्पनी आमा सरस्वती मुभिज (दीपकराज गिरी समूहको ब्यानर)विरुद्ध काठमाडौं प्रहरीमा इमेलमार्फत् उजुरी दिएपछि फिल्मभित्रको विवाद बाहिरिएको हो । यसै साता प्रहरीले फिल्मको टिमलाई बोलाएर सोधपुछ गरेको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ५, बुधवार

चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । बुधबार उनको जन्मदिनको अवसर पारेर सार्वजनिक पोस्टरमा उनी दुई फरक लुक्समा चित्रित छन् । एउटामा उनी निधारमा चन्दन लगाएर प्रस्तुत छन् भने अर्कोमा लामो कपालसहित ‘इन्टेन्स लुक’मा देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८१ वैशाख ५, बुधवार

अभिनेता अनमोल केसीको पहिलो फिल्म थियो, ‘होस्टेल’ । फिल्म सफल हुँदा उनी ‘स्टार’ कहलिए । यसको दोस्रो श्रृंखलाबाट भने सुशील श्रेष्ठ, स्वस्तिमा खड्का, नाजिर हुसेनको डेब्यू भयो । अब यो फिल्मको तेस्रो श्रृंखला पनि निर्माण हुने भएको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै ‘होस्टेल ३’को घोषणा गरियो । यसलाई गायक समेत रहेका सशान कँडेलले निर्देशन गर्ने भएका छन् ।

Results : 103 - 108 of 21235