Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 973 - 978 of 23779
फिल्मीखबर, काठमाडौं, 2025-07-15, मंगलवार

निर्देशक कृषा चौलागाईं यतिबेला नयाँ फिल्म ‘जहाजैमा’ बनाउने तयारीमा छिन् । त्यसका लागि प्रि-प्रोडक्सनको काम र कलाकार छनोट प्रक्रिया एकसाथ चलिरहेको छ । फिल्ममा सौगात मल्ल, केदार घिमिरे, कर्मा शाक्य, वर्षा सिवाकोटी र जापानी अभिनेत्री रुजेल इचिमिया अनुबन्धित भइसकेका छन् । फिल्ममा अर्का एक अभिनेताको पनि टुंगो लागिसकेको छ । ती हुन्, अनुभव रेग्मी ।

फिल्मीखबर, काठमाडौं, 2025-07-15, मंगलवार

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारंगी’का अभिनेता विजय बरालले मुख्य भूमिकामा अभिनय गरेको दोस्रो फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट लामो टिजरमा कोरिया जाने सपना बोकेर काठमाडौं आएका एक पात्रको संघर्षलाई देखाइएको छ । टिजरभरि विजय छाएका छन् । उनकै पात्रको वरिपरि टिजरले फन्को पारेको छ ।

फिल्मीखबर, काठमाडौं, 2025-07-14, सोमवार

यस वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारंगी’बाट विजय बराल उत्कृष्ट अभिनेता घोषित भएका छन् । चलचित्र विकास बोर्डले सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले अवार्ड प्रदान गरे । विजयले राष्ट्रिय अवार्ड पहिलो पटक जित्न सफल भएका हुन् । 

एजेन्सी, काठमाडौं, 2025-07-14, सोमवार

‘स्टार किड्स’ शनाया कपूरको डेब्यु बलिउड फिल्म ‘आँखों की गुस्ताखियाँ’ फ्लप भएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले तीन दिनमा जम्मा १ करोड २ लाख कमाएको छ । ३० लाखको निराशाजनक ओपनिङ गरेको फिल्मले शनिबार ४९ लाख र आइतबार ४१ लाख कमाइ गर्‍यो । सोमबार फिल्मको अकुपेन्सी १० प्रतिशतभन्दा तल रहेको भारतीय मिडियाले जनाएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2025-07-14, सोमवार

‘परदेशी २’ र ‘छक्का पञ्जा ५’को सफलतापछि करिअरको उत्कर्षमा रहेकी अभिनेत्री वर्षा सिवाकोटीलाई यतिबेला भ्याइनभ्याइ छ । बैशाखयता एकपछि अर्को फिल्म सम्झौता गरिरहेकी उनले यस वर्ष चारवटा फिल्ममा काम गर्दैछिन् । यस्तैमा उनी अभिनीत नयाँ फिल्म ‘माग्ने राजा’ भदौ ६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । यस वर्ष प्रदर्शन हुन लागेको उनको यो पहिलो फिल्म हो ।

फिल्मीखबर, काठमाडौं, 2025-07-14, सोमवार

आगामी भदौ २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अभिमन्यु’का मुख्य अभिनेता कामेश्वर चौरासियाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । नीलो रंगमा तयार पारिएको पोस्टरमा कामेश्वर विराटनगर जिल्ला कारागार अगाडि चिच्याएको अवस्थामा प्रस्तुत छन् । उनी कारागारबाट मुक्त भएपछि खुसीले चिच्याएको हुनसक्ने अनुमान पोस्टरबाट लगाउन सकिन्छ । 

Results : 973 - 978 of 23779
Most Visited News (monthly)