मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लण्डन टू पेरिस’ टिजरमा साम्राज्ञी र निश्चलको प्रेम-विछोड

फिल्मीखबर, काठमाडौं, 2024/05/10

sam

 

आगामी जेठ २५ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘लण्डन टू पेरिस’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक १ मिनेट ५७ सेकेण्ड लम्बाईको टिजर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव-अभिनेता निश्चल खड्काबीचको प्रेम र विछोडको वरिपरि घुमेको छ । प्रेमप्रति दुई पात्रको बुझाई र सोचाई अलग छ । त्यसले सम्बन्धमा ल्याउने दरारलाई टिजरमा देखाइएको छ ।

साम्राज्ञी र निश्चलबीच लिपलक (चुम्बन) दृश्यदेखि अन्तरंग दृश्यसम्म समावेश छ । साम्राज्ञी विकिनी अवतारमा पनि देखिएकी छिन् । फिल्मका अर्का प्रेमजोडी कवीर खड्का र गरिमा शर्माबीचको सम्बन्धलाई पनि टिजरमा देखाइएको छ । तर, उनीहरुको संवाद राखिएको छैन । फिल्मले लण्डन र पेरिस बस्ने पात्रहरुबीचको सम्बन्धको आयामलाई कथाको मियो बनाएको टिजरले संकेत गर्छ ।

घनश्याम लामिछानेको निर्देशन तथा प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा रुष्मा थापा, लोकविक्रम मल्ल, मनीष गान्धी, मनीष श्रेष्ठ लगायतको पनि अभिनय छ । अमित बस्नेत निर्माता रहेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्मातामा छन् । एबी इन्टरनेशनलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्म्स लिमिटेडले निर्माणमा सहकार्य गरेका छन् ।

‘लण्डन टू पेरिस’मा अभेद परव र कुनाल कदमको छायांकन, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत र लङ्गनेस फर्नान्डेजको नृत्य निर्देशन छ । सनिश खकुरेल र अजित केआर थापा सह-निर्माता तथा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता रहेको फिल्मलाई लण्डनमा खिचिएको हो ।