Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक्स ९’ छायांकन धकेलियो, ‘पारस’ को तयारीमा जुटे अनमोल

फिल्मीखबर, काठमाडौं, 2022/01/16
नेपालकै सबैभन्दा ठूलो एक्सन-थ्रिलर फिल्म दाबी गरिएको ‘एक्स ९ : लेभल वान’ को आउँदो फागुनबाट छायांकन सुरु गर्ने तयारी गरिएको थियो । ३ महिनादेखि फिल्मका मुख्य कलाकारहरु सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का र राज कटुवालले जिम र एक्सनको तालिम लिँदै आएका छन् । चारै जना कलाकारले फिल्मका लागि तौल बढाउनुका साथै शरीर सुगठित बनाएका छन् । 
 
तर, अब यो फिल्मको छायांकन बैशाखपछि मात्र सुरु हुने भएको छ । कोरोना संक्रमणको तेस्रो लहर र विदेशमा छायांकनका लागि कलाकारको भिषा प्रक्रियामा समय लाग्ने भएकाले तत्काल छायांकन सम्भव नभएको निर्देशक मुकुन्द भट्टले जानकारी दिए । फागुन १३ गते आफू निर्देशित ‘लप्पन छप्पन २’ को रिलिज भएकाले पनि ‘एक्स ९’ को छायांकन धकेल्नु परेको उनको भनाई छ ।
 
anmol kc
 
फिल्मको छायांकन बैशाखपछि सुरु हुने जानकारी आफूले कलाकारहरुलाई गराइसकेको निर्देशक भट्टले बताए । ‘एक्स ९’ को छायांकन तत्काल नहुने भएपछि अनमोल केसीले होम प्रोडक्सनको नयाँ फिल्म ‘पारस’ को तयारी सुरु गरेका छन् । मुकुन्दले आफूले नै अनमोललाई पहिला ‘पारस’ गर्न अनुमति दिएको जानकारी दिए । यो फिल्मलाई सिमोस सुनवारले निर्देशन गर्दैछन् । 
 
निर्माता भुवन केसीले ‘पारस’ को छायांकन फागुनबाट थाल्ने तयारी गरेको बताइएको छ । अनमोलले ‘एक्स ९’ का लागि पालेको जुँगा फ्यालिसकेका छन् । उनले ‘एक्स ९’ का लागि बनाएको सुगठित शरीर भने अब ‘पारस’ मा काम लाग्नेछ । किनकि, उनले यो फिल्मका लागि पनि शरीर कसिलो बनाउनु पर्ने थियो । ‘एक्स ९’ को छायांकन सर्दा उनलाई ‘एक तिरमा दुई निशाना’ भएको छ । 
 
अनमोलसँगै ‘एक्स ९’ भन्दा अगाडि अभिनेता पुष्प खड्का पनि नयाँ फिल्ममा काम गर्ने तयारीमा देखिएका छन् । अर्का अभिनेता सौगात मल्लले एक्सन र जिमको तालिम सकाएर गएको तीन महिनामा तीनवटा फिल्मको छायांकन पूरा गरिसकेका छन् । त्यस्तै, राज कटुवालले माघपछि निर्देशक सुदर्शन थापाको निर्देशनमा बन्ने नयाँ फिल्म ‘राजा’ को छायांकन सुरु गर्ने जानकारी प्राप्त छ । 
Most Visited News (monthly)