Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सामन्थाबाट अलग हुनु सही निर्णय थियो : नागा

फिल्मीखबर, काठमाण्डौ, 2022/01/14
Samantha-Naga Chaitanya
 
साउथको चर्चित जोडी सामन्था रुथ प्रभु र नागा चैतन्यले २०२१ को अक्टोबरमा करीब ४ वर्ष लामो वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाए । आपसी मतभेदका कारण उनीहरुले वैवाहिक जीवन तोडेको भारतीय मिडियाले दाबी गर्दै आएका छन् । तर, सामन्थासँग डिभोर्स भएदेखि मौन रहेका नागाले हालै एक टिभी इन्टरभ्यूमा एकअर्काको खुसीका लागि आफूहरु अलग भएको बताएका छन् ।
 
फिल्म ‘बंगारराजु’ को प्रमोशनको क्रममा नागाले भनेका छन्, ‘अलग हुनु एकदम ठिक थियो । यो हामी दुवैको खुसीका लागि सही निर्णय हो । यदी उनी (सामन्था) खुसी छिन् भने म पनि खुसी छु । यसकारण यस्तो स्थितिमा डिभोर्स नै उचित निर्णय हो ।’ केही हप्ताअघि सामन्थाले डिभोर्सको बारेमा आफूले धेरै पटक कुरा गरिसकेकाले अब यो विषयमा दोर्‍याएर नबोल्ने बताएकी थिइन् । 
 
सामन्था र नागाले २०१७ अक्टूबर ६ मा १० करोड खर्च गरेर गोवामा विवाह गरेका थिए । विवाहअघि उनीहरु ७ वर्ष प्रेम सम्बन्धमा थिए । यो जोडीको पहिलो भेट फिल्म ‘ये माया चेसावे’ सुटिङ सेटमा भएको थियो । उनीहरुले ‘मजिली, अटोनगर सूर्या, ये माया चेसावे’ लगायतका फिल्ममा एकसाथ काम गरेका छन् । फिल्ममा काम गर्ने समयमा उनीहरुबीच प्रेमको पालुवा पलाएको थियो ।
Most Visited News (monthly)