Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरजले निर्देशन गर्ने ‘परस्त्री’ मा कोशिश

फिल्मीखबर, काठमाडौं, 2022/01/07
movie parashree
 
फिल्म ‘लभ लभ लभ’ बाट अभिनेताको रुपमा डेब्यू गरेका सुरज पाण्डेले फिल्म ‘परस्त्री’ बाट निर्देशनमा डेब्यू गर्ने भएका छन् । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच यो फिल्मको निर्माण घोषणा गरियो । फिल्ममा अभिनेता कोशिश क्षेत्रीको मुख्य भूमिका रहनेछ । फिल्मको घोषणा सभामा उनी भिन्न गेटअपमा देखिएका थिए । यस फिल्मको निर्माण शर्मिला पाण्डेले गर्नेछिन् ।
 
एक विवाहित पुरुषको अफेयरको कथामा निर्माण हुने फिल्मको कथा दीपेन्द्र के. खनालले लेखेका हुन् । नेपाली र हिन्दी गरी दुई भाषामा बन्ने फिल्मका लागि नायिकासहित अन्य कलाकार अडिसनबाट छनोट गरिने निर्देशक पाण्डेले बताए । २२ देखि २७ वर्षभित्रका अभिनेता, २२ देखि ३० वर्षभित्रकी अभिनेत्री र २० देखि २५ वर्षभित्रका अन्य अभिनेत्री अडिसनमार्फत् छानिने छन् ।
 
फागुन तेस्रो साताबाट छायांकन सुरु हुने फिल्मलाई निरज कँडेलले खिच्नेछन् । फिल्ममा दीर्घ खड्काको सम्पादन रहनेछ भने गीतमा नायक कोशिश क्षेत्री स्वयंले संगीत भर्नेछन् । फिल्ममा सम्पूर्ण छायांकन काठमाडौंमा हुनेछ । निर्देशक पान्डेले नेपालमा अहिलेसम्म नबनेको कथावस्तुमा ‘परस्त्री’ बन्ने दाबी गरे । उनले अब निर्देशकको रुपमा आफूलाई अगाडि बढाउने पनि बताए । 
 
‘पशुपति प्रसाद, आमा’ जस्ता समीक्षात्मक रुपमा सफल ठहरिएका फिल्मको निर्देशन गरिसकेका दीपेन्द्रले ‘परस्त्री’ को कथा पूर्ण नेपाली परिवेशमा तयार पारेको बताउँदै विदेशी फिल्मबाट प्रभावित नरहेको दाबी गरे । सुरजलाई निर्देशनमा आफ्नो तर्फबाट कुनै हस्तक्षेप नरहने पनि उनले बताए । यस फिल्मलाई जिजिए ग्रुपले काठमाडौंभित्र र एफडी कम्पनीले मोफसलमा वितरण गर्नेछ । 
Most Visited News (monthly)