Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दोस्रो हप्तामा ‘कठपुतली’, मल्टीप्लेक्सहरुमा शो उच्च

फिल्मीखबर, काठमाडौं, 2022/01/07
karma
 
गत शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ ले दोस्रो हप्तामा प्रदर्शन सुरु गरेको छ । देशभरका मल्टीप्लेक्सहरुमा सय बढी शो र अधिकांश सिंगल थिएटरमा उपस्थिति जनाएको फिल्मले पहिलो हप्ता बक्सअफिसमा सुखद व्यापार गरेको थियो । ‘माउथ पब्लिसिटी’ बलियो रहेकाले दोस्रो हप्तामा पनि फिल्मलाई दर्शकको राम्रो साथ मिल्नेमा निर्माण टिम विश्वस्त देखिएको छ ।
 
शुक्रवार (आज) रिलिज हुने भनिएको साउथ फिल्म ‘आरआरआर’ पोस्टपोन्ड भएपछि ‘कठपुतली’ ले दोस्रो हप्ता क्यूएफएक्स चेन, एफक्यूब, विएसआर, वान् सिनेमाज्, सिटिसी सिनेमाज्, क्यूज सिनेमाज्, कीर्तिपूर सिनेमाज् लगायतका मल्टीप्लेक्सहरुमा राम्रो शो पाएको छ । हलमा दर्शकको अकुपेन्सी सुखद रहेकाले मल्टीप्लेक्सहरुले दोस्रो सातामा पनि फिल्मको शो यथावत राखेका हुन् ।
 
दर्शकहरुबाट फिल्म ‘डार्क’ भयो भन्ने प्रतिक्रिया आएपछि निर्माण टिमले यसको समाधान गरेको छ । निर्देशक भिमसेन लामाले अब दर्शकले चाहेको जस्तै क्वालिटीमा फिल्म हेर्न सक्ने जानकारी दिए । उनी पहिलो हप्ता दर्शकबाट मिलेको साथ र प्रतिक्रियाले आफू उत्साहित भएको बताउँछन् । आफूहरुको मेहनत सफल भएको बताउँदै उनले आफूमा थप जिम्मेवारी थपिएको बताए ।
 
पृथ्वी राना मगरको निर्माणमा तयार भएको फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । जोएल फ्रूमले खिचेका फिल्मका निर्माता पृथ्वी रानामगर हुन भने सह निर्माताहरुमा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । हरर जनरामा निर्माण भएको फिल्मको कथा सम्पदा मल्लले लेखेकी हुन् ।
Most Visited News (monthly)