Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कौसीद’ टिजर : पिँजडामा खरायो बोकेका भोलाराज

फिल्मीखबर, काठमाडौं, 2022/01/06
kaussidd
 
गत वर्ष कोरोना महामारीका बीच छायांकन भएको फिल्म ‘कौसीद’ को फर्स्टलुक टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा कलाकार भोलाराज सापकोटा अन्धकार कोठाभित्र पिँजडामा खरायो बोकेको अवस्थामा देखिएका छन् । वित्तिय ऋणको चपेटामा परेको पात्रको संघर्षको कथामा बनेको फिल्मको टिजरले पिँजडामा परेको जीवनको उन्मुक्तिको संघर्ष भाव बोल्छ ।
 
कुमार भास्कर निर्देशित फिल्ममा भोलाराजका अलावा ऋचा शर्मा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराईको अभिनय छ । केदार भुसाल निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह-निर्मातामा लक्ष्मण बानियाँ छन् । कुमार भास्करको पटकथा रहेको फिल्मको लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका हुन् । 
 
निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि. गुरुङ र भिम विश्वकर्माको सम्पादन छ । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बड पिक्चर्सको ब्यानरमा फिल्म निर्माण भएको हो । नेपाली फिल्म क्षेत्रमा परिरहेको र पर्नसक्ने कोरोना महामारीको सम्भावित प्रभावलाई मध्यनजर गरेर जति सक्दो चाँडो फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिने निर्माता केदार भुषालले जानकारी दिए । 
 

Most Visited News (monthly)