Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिट गीत ‘रेलको बाटो’ नाममा फिल्म घोषणा

फिल्मीखबर, काठमाडौं, 2022/01/03
GB CHIRAN
 
बलिउडमा साउथ फिल्मको हिन्दी रिमेक निर्माण गर्ने ट्रेन्ड फस्टाउँदो छ । नेपालमा भने हिट गीतको नाम सापटी लिएर फिल्म निर्माण हुने क्रम बढेको छ । ‘रातो टीका निधारमा’, ‘म यस्तो गीत गाउँछु’, ‘हजार जनीसम्म’, ‘कसले चोर्‍यो मेरो मन’ ‘साइँली’ लगायत धेरै हिट गीतको नाममा फिल्म निर्माण भएका छन् । तर, एकाध फिल्मले मात्र गीत जस्तो सफलता हासिल गरेका छन् । 
 
यसै क्रममा, अर्को हिट गीत ‘रेलको बाटो’ नाममा पनि फिल्म निर्माण हुने भएको छ । मोडल जीबी चिरनले अहिले फिल्मको स्क्रिप्ट लेखनमा काम भइरहेको र केही दिनमा चलचित्र विकास बोर्डमा नाम दर्ता गर्ने जानकारी दिए । उनी आफैंले फिल्मको स्क्रिप्ट लेखिरहेका छन् । विन्दास प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा जीबी स्वयंले मुख्य भूमिकामा अभिनय गर्नेछन् । 
 
फिल्ममा निर्देशक र अन्य कलाकार छनोट हुन बाँकी रहेको जीबीले बताए । उनले भने, ‘निर्देशकको बारेमा टिमभित्र छलफल भइरहेको छ । केही दिनमा निर्देशक फाइनल गरेर फिल्मको नाम दर्ता गर्नेछौं । फिल्ममा मुख्य कलाकार भने थिएटरबाट धेरै हुने सम्भावना छ ।’ चलचित्र विकास बोर्डमा नाम दर्ता गरेपछि एक कार्यक्रमका बीच फिल्मको घोषणा गर्ने तयारीमा निर्माण टिम छ ।
 
सरकारले रेलको सपना बाँडिरहँदा कर्णालीमा बसोबास गर्ने मानिसहरुको पीडा कति गहिरो र दर्दनाक छ भन्ने कुरा ‘रेलको बाटो’ गीतको भिडियोमा देखाइएको छ । सडक यातायातले नछोएको देशको एक मात्र दुर्गम जिल्ला हुम्लामै गएर भिडियोको छायांकन गरिएको थियो । गीतको शब्द उस्तै मार्मिक छ । फिल्ममा पनि कर्णालीकै कथा र व्यथा समेटिने जीबी चिरनले जानकारी दिए । 
Most Visited News (monthly)