Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आरआरआर’ को रिलिज रोकिँदा नेपाली निर्मातालाई राहत

फिल्मीखबर, काठमाडौं, 2022/01/02
नेपालमा साउथ फिल्मको दबदबा बढ्दो क्रममा छ । पछिल्लो समय साउथका ठूला स्टारले अभिनय गरेका फिल्मको हिन्दी डबले नेपालमा आक्रामक व्यापार गरिरहेका छन् । नेपालमा साउथ फिल्मले बलियो पकड बनाउँदै गर्दा नेपाली फिल्मलाई भने चुनौती थपिएको छ । हलिउड र बलिउडका फिल्मको डरले भाग्दै आएको नेपाली फिल्म अब साउथ फिल्मको डरले पनि बाँच्नु पर्नेछ । 
 
गत पुष २ गते साउथ फिल्म ‘पुष्पा’ को हिन्दी डब नेपाल आउने भएपछि नेपाली फिल्म ‘चपली हाइट ३’ को रिलिज पोस्टपोन्ड भयो । आउँदो शुक्रवारबाट साउथको अर्को प्रतिक्षीत फिल्म ‘आरआरआर’ को हिन्दी डब नेपाल आउँदै थियो । तर, भारतमा बढेको कोरोना महामारीका कारण विभिन्न राज्यका सिनेमा हल बन्द भएपछि यो फिल्मको रिलिज अनिश्चितकालका लागि रोकिएको छ । 
 
kathaputali, rrr and chapali hight 3
 
यो फिल्मको रिलिज रोकिँदा नेपाली निर्माताले भने राहतको सास फेरेका छन् । यही शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली हरर फिल्म ‘कठपतुली’ अर्को हप्ता ‘आरआरआर’ का कारण मल्टीप्लेक्समा कम शोमा खुम्चिने ‘स्योर सट’ थियो । किनकि, यो फिल्मको प्रतिक्षा दर्शकसँगै हल व्यवसायीहरुले पनि गरेका थिए । जसले गर्दा मल्टीप्लेक्समा यसले उच्च शो पाउने निश्चित थियो । 
 
पुष ३० मा रिलिज हुन लागेको फिल्म ‘चपली हाइट ३’ लाई पनि ‘आरआरआर’ को ठूलो डर थियो । यो फिल्मका कारण ‘चपली हाइट ३’ ले मल्टीप्लेक्समा कम शो पाउनेमा दुई मत थिएन । तर, ‘आरआरआर’ को रिलिज रोकिँदा दुई नेपाली फिल्मलाई ढुंगा खोज्दा देउता मिले जस्तै भएको छ । अब दोस्रो हप्ता ‘कठपतुली’ र ‘चपली हाइट ३’ ले मल्टीप्लेक्समा राम्रो शो पाउने देखिन्छ । 
 
उता, ‘आरआरआर’ को रिलिज पोस्टपोन्ड हुँदा नेपालका वितरक र हल व्यवसायीहरु भने रुनु न हाँस्नु भएका छन् । यो फिल्मलाई वितरक मनोज राठीको समुहले महंगो रकम तिरेर नेपाल ल्याउँदै थियो । तर, कोरोना संक्रमण बढेको भन्दै फिल्मको प्रदर्शन मिति पोस्टपोन्ड भएपछि उनी पुर्पुरोमा हात राख्न बाध्य छन् । हल व्यवसायीहरु पनि कमाउने राम्रो अवसर गुमेकोमा दुखी बनेका छन् । 
Most Visited News (monthly)