Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नायक तथा र्‍यापर ‘लाउरे’ पोखराबाट पक्राउ

फिल्मीखबर, काठमाडौं, 2021/12/30
Laure
 
र्‍यापर आशिष राना ‘लाउरे’ लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । बुधबार राति पोखराको न्युरोडबाट ब्राउन सुगर किन्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले जानकारी दिएका छन् । 
 
एसपी थापाले भने- ‘लाउरेलाई ब्राउन सुगर खरिद-बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरेका हौँ । उनलाई अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया अगाडि बढाउने छौँ ।’ प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको जानकारी दिएको छ । 
 
पक्राउ परेका ‘लाउरे’ रियालिटी शो ‘हिमालय रोडिज’ का निर्णायक पनि हुन् । उनका ‘केस नं ४२’, ‘हाउडे, ‘मेरो सोल्टा’, ‘सबै हो लाउरे’, ‘नेप हपको बाटो’ लगायतका र्‍याप गीत चर्चित छन् । उनले फिल्म ‘ताण्डव’ बाट नायकको रुपमा समेत डेब्यू गरेका थिए ।
Most Visited News (monthly)