Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चुरीफुरी’ निर्देशकको दाबी- ‘माउथ पब्लिसिटी राम्रो छ’

फिल्मीखबर, काठमाडौं, 2021/12/30
rishiraj acharya
 
गत शुक्रवारबाट प्रदर्शनमा आएको कमेडी फिल्म ‘चुरीफुरी’ मा दर्शकको उपस्थिति अपेक्षाकृत देखिएको छैन । मल्टीप्लेक्समा दुई ठूला विदेशी फिल्मको चेपुवामा परेको फिल्मलाई सिंगल थिएटरको मात्र भरमा छ । जग्गा किनबेच र बैदेशिक रोजगारीमा हुने ठगीको कथालाई प्रस्तुत गरिएको फिल्मको माउथ पब्लिसिटी राम्रो रहेको निर्देशक ऋषिराज आचार्यले जानकारी दिएका छन् ।
 
उनले भने- ‘फिल्म हेर्नका लागि दर्शकको ओइरो छैन । तर, फिल्म हेर्ने जत्तिले रुचाउनु भएको पाएका छौं । माउथ पब्लिसिटी राम्रो भएकाले एक-दुई दिनयता हलमा दर्शकको चाप बढ्न थालेको छ । अहिले म कलाकारसहित दर्शकहरुलाई प्रत्यक्ष भेट्न मोफसल दौडाहामा छु । पोखरासहित विभिन्न ठाउँमा फिल्म हेर्ने दर्शक बढेको जानकारी हल व्यवसायीहरुले दिनुभएको छ ।’ 
 
फिल्म हेर्ने दर्शकले कथावस्तु र कलाकारको अभिनय रुचाएको निर्देशक आचार्यले बताए । आफ्नो अघिल्लो फिल्म ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ पनि बलियो माउथ पब्लिसिटीका कारण राम्रो चलेको बताउँदै उनले दोस्रो हप्तामा ‘चुरीफुरी’ को कमाईमा सुधार हुने विश्वास व्यक्त गरे । आफूले गहन अध्ययन गरेर पस्किएको कथालाई दर्शकले रुचाएकोमा उनी खुसी देखिएका छन् ।
 
रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुरवीर पण्डित, पवन खतिवडा, सुबोध गौतम, अभिषेक श्रेष्ठ, सोन बज्रचार्य, पूजा पन्त, राजीवजंग बस्नेत, रिन्जिन गुरुङ, तुलसी प्रसाद श्रेष्ठ, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगायतको अभिनय रहेको फिल्मको कथा ऋषिराज स्वयंले लेखेका हुन् । फिल्ममा राहुल राईको छायांकन र नवीन निरौलाको सम्पादन छ । 
Most Visited News (monthly)