Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

समय र लोकेशन हेरेर सपिङ गर्छु : वर्षा सिवाकोटी

फिल्मीखबर, काठमाडौं, 2021/12/23
फिल्म र म्यूजिक भिडियोको कामले गर्दा प्रायः व्यस्त रहने अभिनेत्री वर्षा सिवाकोटीले घरमा आवश्यक पर्ने ग्रोसरी सपिङ आफूले समय र लोकेशन हेरेर गर्ने गरेको बताएकी छन् । बुधवार मिलनचोक टोखामा नेपालकै सबैभन्दा ठूलो रिटेल चेन सुपरमार्केट ‘साथी मार्ट’ को नयाँ आउटलेट उद्घाटन गर्दै उनले घरका लागि ग्रोसरी सपिङ आफूले भन्दा आमाले बढी गर्ने गरेको बताइन् । 
 
barsha siwakoti
 
उनले भनिन्, ‘ग्रोसरी सपिङ घरमा म मात्रैमा सीमित छैन । बढीजसो ममीले गर्नुहुन्छ । तर, कहिले काहिँ कुनै चिजहरु चाहिने नै भएको खण्डमा म पनि लिएर जाने गरेको छु । तर, समय र लोकेशन हेरेर मेरो सपिङ हुने गर्छ ।’ उनले आफू ‘साथी मार्ट’ को नियमित ग्राहक रहेको बताउँदै नेपाली उत्पादनलाई पनि प्राथमिकता दिने मार्टको उद्देश्य आफूलाई मन परेको बताएकी छन् । 
 
‘साथी मार्ट’ ले अनलाइनबाट दिने सुविधाले पनि आम मानिसको जीवनलाई सहज बनाएको उनको भनाई छ । ‘लकडाउनको समयमा अनलाइन सपिङबाहेक हामीसँग अरु विकल्प थिएन । त्यसबेला हाम्रो जीवनयापनलाई सहज बनाउन अनलाइन सपिङले ठूलो भूमिका खेलेको थियो । विस्तारै नेपालमा अनलाइन सपिङको संस्कार बढ्दै गएको छ, जुन सुखद कुरा हो,’ वर्षाले भनिन् ।
 
ओ टु ओ (अनलाइन टु अफलाइन) सुविधासहित टोखामा ‘साथी मार्ट’ को आउटलेट सुरू भएको हो । उपभोक्ताले ‘साथी मार्ट’ को मोबाइल एप वा आधिकारिक वेबसाइट WWW.SAATHIMART.COM मा आफूलाई आवश्यक पर्ने सामान अर्डर गरी मगाउन सकिने सिइओ सागर पोख्रेलले जानकारी दिए । आउटलेट पूर्ण डिजिटल तथा अत्याधुनिक तरिकाले सञ्चालन हुने बताइएको छ ।
 
barsha siwakoti
 
आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट, तरकारी फलफूल, इलेक्ट्रोनिक्स लगायतका सामान उपलब्ध हुने बताइएको छ । मार्टमा ग्राहकले ३५ प्रतिशतसम्म छुट, फ्ल्यास सेल, डिल अफ द मन्थ, नेपाली मेड कलेक्सन लगायतको सुविधा रहने बताइएको छ । ‘साथी मार्ट’ को ब्रान्ड एम्बास्डरमा सुपरस्टार राजेश हमाल रहेका छन् ।
Most Visited News (monthly)