Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कठपुतली’ गीतमा कौतुहलता जगाउने दृश्य

फिल्मीखबर, काठमाण्डौ, 2021/12/22
Kathaputali
 
अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर यही पुष १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कठपुतली’ को ओएसटी गीत सार्वजनिक भएको छ । ‘यो ज्यान कठपुतली’ बोलको गीत लोक लयको छ । गायिका मेलिना राईको एकल स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत छ । गीतको भिडियोमा फिल्मका केही डरलाग्दा दृश्य समावेश गरिएको छ । 
 
यस गीतको भिडियो भिएफएक्स र एनिमेशन प्रयोग गरी बनाइएको हो । फिल्मको थिम अनुसार तयार पारिएको गीतलाई दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त छ । परिवार परित्याग गरेको एक राजकुमार शाही दरबारमा रहँदा सामना गर्नुपरेका रहस्यहरु तथा अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्षको कथामा फिल्म बनेको निर्देशक भिमसेन लामाले जानकारी दिएका छन् ।
 
फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । हरर जनरामा निर्माण भएको फिल्मलाई पृथ्वी राना मगर निर्माण गरेका हुन् भने सम्पदा मल्लले लेखेकी हुन् । अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले खिचेको फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् ।
 

Most Visited News (monthly)