Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एउटा आँखाबाट देख्न सक्दैनन् ‘बाहुबली’ का भिलेन

एजेन्सी, मुम्बई, 2021/12/15
Rana Daggubat
 
साउथका सुपरस्टार राणा दग्गुबती तेलुगूका चर्चित अभिनेता वेंकेटेशका आफ्नै भान्जा हुन् । उनले आफ्नो फिल्मी करिअरको सुरुवात सन् २०१० मा रिलिज भएको पोलिटिकल-थ्रिलर फिल्म ‘लीडर’ बाट गरेका थिए । तर, उनलाई वास्तविक पहिचान भने फिल्म ‘बाहुबली’ बाट मिलेको थियो । यो फिल्ममा भल्लालदेवको चरित्रमा उनले गरेको अभिनयको सर्वत्र प्रशंसा भएको थियो । 
 
आफूले पाएको चरित्रमा डुबेर अभिनय गर्न सिपालु मानिने उनी एउटा आँखाले भने देख्न सक्दैनन् । उनले एक टेलिभिजन शोमा भनेका थिए, ‘म दाहिने आँखाबाट देख्न सक्दिनँ । म आफ्नो बायाँ आँखाबाट मात्र देख्न सक्छु । बायाँ आँखा पनि कसैले मृत्यपछि मलाई डोनेट गरेको थियो । मैले बायाँ आँखा बन्द गरेँ भने केही देख्न सक्दिनँ । बाल्यकालदेखि नै म आँखा देख्न सक्दिनँ थिएँ ।’
 
राणा दग्गुबतीले तेलुगूका अलावा बलिउड फिल्ममा पनि काम गरेका छन् । पछिल्लो पटक ‘हाथी मेरे साथी’ मा देखिएका उनले ‘नेने राजु नेने मन्त्री, द गाजी अट्याक, रुद्रमादेवी, ये जवानी है दीवानी, तान्हाजी’ लगायतका फिल्ममा काम गरेका छन् । उनले सन् २०२० मा प्रेमिका मिहिका बजाजसँग विवाह गरेका थिए । मंगलवार (१४ डिसेम्बर) बाट उनी ३७औं वर्षमा प्रवेश गरेका छन् ।
Most Visited News (monthly)