Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता भएकाले रौनकसँग बिहे गरेको होइन : सुपुष्पा भट्ट

फिल्मीखबर, काठमाडौं, 2021/12/15
अभिनेत्री सुपुष्पा भट्ट र निर्माता रौनक विक्रम कँडेलले यसै वर्षको असारमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे । ६ महिना प्रेममा रहेपछि यो जोडीले विवाह गर्ने निर्णय गरेको थियो । संयुक्त साथीको माध्यमबाट पहिलो पटक एकअर्कासँग भेट गरेका उनीहरु दुई हप्तामा नै प्रेममा डुबेका थिए । एकअर्कासँग मिल्ने बानीले आफूहरुलाई मिलाएको हुनसक्ने उनीहरुको बुझाई छ ।
 
हालै एक टेलिभिजन शोमा सुपुष्पाले पहिलो भेटमा रौनक ‘शाही नेचर’ को लागेको र आफ्नोबारेमा सबै कुरा स्पष्ट भनेकाले आफू प्रभावित भएको बताएकी छन् । एकअर्काको बानीबारे उनले भनेकी छन्, ‘हामी दुवै जनालाई एकान्त मन पर्छ । होहल्ला हुने माहोल खासै मन पर्दैन । हाम्रो बानी प्रायः एकअर्कासँग मिल्दोजुल्दो छ । यही कारणले गर्दा पनि हामीलाई मिलाएको हुनसक्छ ।’ 
 
Supuspa Bhatta Kandel And Raunak Bikram Kandel
 
श्रीमान् निर्माता भएकाले पनि आफूलाई करिअर अगाडि बढाउन सजिलो भएको उनको भनाई छ । फिल्ममा निरन्तर काम गर्नका लागि श्रीमानबाट साथ र सहयोग रहेको बताउँदै सुपुष्पाले रौनक निर्माता भएकै कारण विवाह नगरेको पनि स्पष्ट पारेकी छन् । पहिलो पटक भेट हुनुभन्दा अगाडि रौनक ‘फिल्मको निर्माता हो’ भन्ने समेत आफूलाई जानकारी नभएको उनले बताएकी छन् । 
 
रौनकले पनि सुपुष्पालाई आफू निर्माता भएकै कारण विवाह नगर्न भनेका रहेछन् । उनले त्यो क्षण सम्झँदै भनेका छन्, ‘जब हाम्रो विवाह हुने फाइनल भयो त्यसबेला मैले सुपुष्पालाई ‘म निर्माता भएकाले बिहेका लागि ओके नभन्नु’ भनेको थिएँ । म निर्माता हुँदैमा तिम्रो लागि फिल्म बनाउँदिनँ भनेको थिएँ । भोलीका दिनमा मैले बनाउने फिल्ममा मेरै श्रीमती हिरोइन हुनुपर्छ भनेर दबाब दिन्नँ ।’
 
फिल्म ‘रणवीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुपुष्पा भट्टले फिल्म ‘छ माया छप्पकै’ र ‘चपली हाइट ३’ मा काम गरिसकेकी छन् । उनको अभिनय र सुन्दरताको फिल्म क्षेत्रमा निकै चर्चा हुने गरेको छ । रौनकले भने ‘झोले, मिस्टर झोले, कबड्डी, पुरानो डुङ्गा’ लगायतका फिल्म निर्माण गरिसकेका छन् । फिल्म निर्माणबाहेक उनले विभिन्न व्यवसायमा ठूलो लगानी गरेको बताइन्छ ।
Most Visited News (monthly)