बुधवार ललितपुरको झम्सिखेलस्थित चिकेन स्टेशनमा नेपाली कलाकारहरुले ‘टू पिएम कोरियन रामेन नुडल्स्’ का विभिन्न परिकारको स्वाद चाखेका छन् । नायिका नीता ढुंगाना, नायक तथा युवा ज्योतिष हरिहर अधिकारी, गायिका सुनिता दुलाल, नायक प्रदीप बाँस्तोला, पत्रकार ऋषि धमला, सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गर्ने महिला निमा लमु शेर्पाले चिकेन स्टेशनले तयार गरेको ‘टू पिएम कोरियन रामेन’ का विभिन्न परिकार खाएका हुन् ।

छोटो समयमै देशका विभिन्न ठाउँमा आउटलेट सञ्चालन गरिसकेको चिकेन स्टेशन र एशियन थाई फुडको ‘टू पिएम कोरियन रामेन नुडल्स्’ बीच नेपालको इतिहासमा पहिलो पटक तयारी खाना र फ्रेन्जाइज व्यवसायमा टाइअप भएको बताईएको छ । जस अनुरुप टू पिएमले ट्रेन्डसेट गरेको विश्वको प्रसिद्ध कोरियन रामेन प्रोडक्टलाई चिकेन स्टेशनले नेपाली ग्राहकको स्वादलाई मध्यनजर गर्दै विभिन्न परिकारमा तयार पारेको छ ।
पत्रकार धमलाले आफूलाई चिकेन स्टेशनले विभिन्न भेराइटीमा तयार पारेको ‘टू पिएम कोरियन रामेन नुडल्स्’ असाध्यै मन परेको बताए । उनी अबदेखि आफूले खाजामा यही परिकार खाने पनि बताए । गायिका दुलाललाई पनि विभिन्न भेराइटीमा तयार भएको ‘टू पिएम कोरियन रामेन’ को स्वाद मन परेको बताइन् । उनले आफू टू पिएमको नियमित ग्राहक रहेको समेत बताएकी छन् ।
अभिनेत्री नीता ढुंगानाले हप्तामा दुई पटकसम्म चाउचाउ खाने गरेको भए पनि चिकेन स्टेशनले ‘टू पिएम कोरियन रामेन नुडल्स्’ लाई विभिन्न भेराइटीमा तयार पारेको परिकार मन परेको बताइन् । युवापुस्तादेखि हरेक वर्गलाई चाउचाउको यो परिकारले लोभ्याउने उनको भनाई छ । नायक हरिहरले पनि आफूलाई विभिन्न भेराइटीमा तयार भएको टू पिएम चाउचाउको स्वाद जिब्रोमै झुन्डिएको बताए ।
दुई दशकदेखि शाकाहारी रहेका अर्का नायक प्रदीप बाँस्तोलालाई भने ‘टू पिएम कोरियन रामेन’ को ‘एनिमल फ्राइ’ एकदमै मन परेको बताए । घरमा सामान्य रुपमा खाने गरेको चाउचाउ यदी स्वादिष्ट हुन्छ भन्ने आफूले कल्पना पनि नगरेको उनले बताएका छन् । चिकेन स्टेशनले तयार पारेको टू पिएम कोरियन रामेनको भेराइटीमा नेपाली स्वाद पाउने उनी बताउँछन् । सगरमाथा आरोही निमा लमु शेर्पाले पनि ‘टू पिएम कोरियन रामेन’ को भेराइटी मन परेको बताइन् ।
.jpg)
चिकेन स्टेशनका ब्रान्ड म्यानेजर विकास बाँस्कोटाले ‘टू पिएम कोरियन रामेन नुडल्स्’ लाई एनिमल फ्राई, सिएफसी ग्रेभी, पिरोज र टिम्बुरे परिकारमा तयार पारिएको बताए । अहिले यी परिकार रुचाउने ग्राहकको संख्या बढ्दो रहेको उनको भनाई छ । चिकेन स्टेशनका कर्पोरेट सेफ कुमार चालिसेले टू पिएमको परिकारमा स्वास्थ्यलाई असर पुग्ने कुनै चिज नमिसाउने जानकारी दिए ।
चिकेन स्टेशन जस्तो छोटो समयमा नै सफल भएको फ्रेन्चाइजी रेष्टुरेन्टले ‘टू पिएम कोरियन रामेन’ लाई आफ्नो मेनुमा समावेश गर्नु नेपाली नुडल्सको दुनियामा नयाँ प्रयोग भएको एशियन थाई फुड्सका मार्केटिङ म्यानेजर बसन्त मान श्रेष्ठले बताए । चिकेन स्टेशनका देशभर रहेका ४२ वटा आउटलेटमा यी परिकारहरु पाइने बताइएको छ ।

