Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयुष्मान भन्छन्, ‘बक्सअफिसलाई सोचेर किन टाउको फोड्नु ?’

एजेन्सी, मुम्बई, 2021/12/14
ayushmann khurrana
 
अभिनेता आयुष्मान खुरानाको हाल प्रदर्शनरत फिल्म ‘चन्डीगढ करे आशिकी’ समीक्षात्मक रुपमा सफल ठहरिएको छ । यसमा उनले एक ट्रान्स वुमनको प्रेममा पर्ने युवकको भूमिका निर्वाह गरेका छन् । फिल्मले बक्सअफिसमा पनि राम्रो कमाई गरिरहेको छ । तर, बक्सअफिसलाई सम्झेर टाउको फोड्नुभन्दा फिल्मको माध्यमबाट बहस छाड्न आफूलाई मनपर्ने उनले बताएका छन् ।
 
आयुष्मान भन्छन्, ‘मैले आफ्नो मनको आवाज सुनेर फिल्म चुन्ने गरेको छु र सधैंभरी यस्तै गरिरहन्छु । म एक इन्टरटेनर हुँ र आफ्नो मनपर्ने फिल्मबाट दर्शकलाई मनोरञ्जन दिने कोशिश गर्न चुक्ने छैन । म कुनै पनि चीजका लागि आफैंलाई परिवर्तन गरेको देखाउन सक्दिनँ ।’ बक्सअफिसको फाइदालाई ध्यानमा राखेर आफूले आजसम्म कुनै फिल्ममा काम नगरेको उनको भनाई छ । 
 
‘मलाई लाग्दैन कि दर्शकले मबाट कुनै सजिलो किसिमको चरित्रको अपेक्षा गर्छन्,’ उनी अगाडि भन्छन्, ‘त्यसैले ‘चन्डीगढ करे आशिकी’ मेरो अहिलेसम्मकै सबैभन्दा जोखिमले भरिएको फिल्म हो । म रिक्स लिने काम जारी राख्छु । म रियल लाइफमा पनि यही किसिमको व्यक्ति हुँ ।’ ट्रान्सजेन्डरको मुद्धामा बहस होस् भनेरै आफूहरुले फिल्ममा यो मुद्धा उठाएको उनले बताएका छन् ।
Most Visited News (monthly)