Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सूर्यवंशी’ चलेपछि ‘चपली हाइट ३’ ले तोक्यो प्रदर्शन मिति

फिल्मीखबर, काठमाडौं, 2021/11/08
 
कोरोनाको डरले अझै केही समय दर्शक सिनेमा हलसम्म आउँदैनन् भनेर बसेका निर्माताहरु बलिउड फिल्म ‘सूर्यवंशी’ ले नेपालमा आक्रामक व्यापार गरेपछि तात्न थालेका छन् । ठूला ब्यानरहरु अब आफ्नो फिल्मको प्रदर्शन मिति घोषणा गर्ने तयारीमा जुटेका छन् । यसबीच, अभिनेत्री स्वस्तिमा खड्का अभिनीत फिल्म ‘चपली हाइट ३’ ले पुष २ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ ।
 
सलमान खान अभिनीत फिल्म ‘अन्तिम’ लाई दुई हप्ता छाडेर ‘चपली हाइट ३’ प्रदर्शनमा आउन लागेको हो । अहिले हलहरुमा फिल्मको पुरानो टिजर बजाउन सुरु गरिएको छ । आउँदो हप्ता फिल्मको नयाँ ट्रेलर सार्वजनिक गरिने निर्माता अर्जुन कुमारले बताए । यसअघि २०७७ सालको चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, कोरोनाका कारण रिलिज रोकियो ।
 
अर्जुन कुमार फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्ममा स्वस्तिमाका अलावा अर्पण थापा, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारी लगायतको अभिनय छ । आकाश बरालको पटकथा/संवाद रहेको फिल्ममा सुभाष भुषाल र अर्जुन कुमारको संगीत छ । फिल्मका निर्देशक निकेश खड्का हुन् ।
 
‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएपछि नेपाली निर्माताहरु फिल्म रिलिजका लागि मिति खोज्न जुटेका छन् । तर, आउँँदो एक वर्षसम्म नेपाली फिल्मलाई राम्रो मिति भेट्न गाह्रो छ । किनकि, बलिउडका ठूला फिल्महरुले इद, भ्यालेन्टाइन, अंग्रेजी नयाँ वर्ष, शिवरात्री लगायतका मिति ‘बुक’ गरिसकेका छन् । अब नेपाली फिल्मले बलिउड फिल्मलाई छलेर रिलिज डेट घोषणा गर्नुपर्नेछ । 
Most Visited News (monthly)