Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मीन भामको ‘चिसो वर्ष’ ले ताइवानमा जित्यो १ करोड ६५ लाखको फन्ड

फिल्मीखबर, काठमाडौं, 2021/11/08
A Year of Cold
 
‘कालो पोथी’ फेम्ड निर्देशक मीन बहादुर भामले बनाउन लागेको नयाँ फिल्म ‘अ इयर अफ कोल्ड’ (चिसो वर्ष) ले ताइवानको प्रतिष्ठित संस्था ताइपेइ फिल्म कमिसनबाट २.५ मिलियन डलर (१ करोड ६५ लाख) को फन्ड जितेको छ । गत अक्टोबर २५ मा नेपाल, अमेरिका, फ्रान्स, मलेसिया र बंगलादेशको फिल्मले २.५ मिलियन डलरको ताइपेइ फिल्म फन्ड पाउने घोषणा भएको हो ।
 
‘चिसो वर्ष’ मा नेपालसँगै फ्रान्स, टर्की र नर्वेको पनि संयुक्त लगानी रहनेछ । यो फिल्मले यसअघि कान्स फिल्म फेस्टिभलमा ६६ लाख ८४ हजारको नर्वेजियन अवार्ड, टुवेल्भ पुन्टो स्क्रिप्ट ल्याबबाट ७५ हजार युरो र २०१८ मा स्वीटजरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलमा ६ हजार युरो पनि जितेको थियो । उक्त फिल्मले सिनेफन्डेसन रेसिडेन्स, बुसान फेस्टिभलमा पनि फन्ड जितेको छ । 
 
यो फिल्मले एक तिब्बती महिला (पेमा) ले श्रीमान खोज्न गर्ने संघर्षको कथा भन्छ । उनी गर्भवती हुन्छिन् । श्रीमान् हराएपछि उनी बौद्ध भिक्षु कर्माको साथमा पतिको खोजिमा निस्किन्छिन् र यात्राकै क्रममा उनीहरुको जीवन बदलिन्छ । ‘चिसो वर्ष’ २०७४ सालमा घोषणा भएको थियो । मीन बहादुर भामले निर्देशन गरेको फिल्म ‘कालो पोथी’ ले यसअघि थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो । 
Most Visited News (monthly)