Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

‘सूर्यवंशी’ हेर्दै दीपकराजले भने- ‘हलसम्म दर्शक ल्याएकोले सपोर्ट गरौं’

फिल्मीखबर, काठमाडौं, 2021/11/07
 
कोरोना महामारीका कारण नेपालमा सिनेमा घरहरु महिनौं बन्द भए । पहिलो चरणको महामारीमा ९ महिना र दोस्रो चरणको महामारीमा साढे ५ महिना बन्द भएका हलहरु दशैं छेकोबाट सञ्चालनमा आएका छन् । तर, तिहार जस्तो चाडमा हलमा नेपाली फिल्म छैन । गोवर्धन पूजाको दिनबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘सूर्यवंशी’ ले नेपालका हलहरुमा कब्जा जमाएको छ । 
 
दशैंमा प्रदर्शनमा आएको नेपाली फिल्म ‘डाँडाको वरपीपल’ ले हलमा पानी पनि भन्न नपाएपछि निर्माताहरु तत्काल फिल्म रिलिज गर्न डराएका थिए । कोरोनाको भयले दर्शक हलसम्म नआउने सोच निर्मातामा थियो । तर, ‘सूर्यवंशी’ ले हलमा दर्शकको भीड ओइर्‍याएको छ । फिल्म बलियो छ भने दर्शकलाई सिनेमा हलसम्म आउन केहीले रोक्दैन भन्ने यो फिल्मले राम्रैसँग देखाएको छ ।
 
कोरोना महामारीअघि बलिउड फिल्मलाई नेपालमा ‘निषेध’ नै गर्नुपर्छ भन्दै चर्का कुरा गर्ने फिल्मकर्मी समेत अहिले ‘सूर्यवंशी’ ले हलसम्म दर्शक तानेकोमा कम्ता खुसी छैनन् । कलाकार तथा निर्माता दीपकराज गिरीलाई नै हेरौंन । विदेशी फिल्मको  विरोध गर्नेमा उनको नाम सबैभन्दा अगाडि आउँछ । विदेशी फिल्मकै कारण नेपाली फिल्म माथि उठ्न नसकेको उनको तर्क हुने गर्थ्यो ।
 
तर, उनैले ‘सूर्यवंशी’ लाई सबैले सपोर्ट गर्न आग्रह गरेका छन् । आइतवार फिल्म हेर्न हल पुगेका उनले फेसबुकमा लेखेका छन्, ‘सूर्यवंशी’ समय । हल खचाखच छ । चलचित्र विदेशी हो हो तर यो अवस्थामा दर्शक हलसम्म ल्याउने काम गरेकोले सबैले सपोर्ट गरौं ।’ अहिले विदेशी फिल्मलाई सपोर्ट गरौं भन्ने दीपकराजले भोलीका दिनमा विदेशी फिल्मको विरोध गर्ने नैतिकता राख्लान् ?
 

Most Visited News (monthly)