
फिल्म ‘कुइनेटो’ को दोस्रो गीत ‘जलेको जल्यै’ सार्वजनिक भएको छ । दिपावलीको अवसर पारेर सार्वजनिक गरिएको वियोगान्त गीतमा पुरुषोत्तम लोहानीको शब्द, अनिल विरहिको संगीत र राज सागरको स्वर छ । सुदूरपश्चिमको विभिन्न रमणीय एवं पर्यटकिय स्थानमा खिचिएको यो फिल्मले मौलिक विषयवस्तुमा समावेश भएको प्रेमकथा भन्ने निर्देशक माधवराज खरेलले जानकारी दिए ।
स्थानिय चौधरी र अछामी भाषा र संस्कृतिलाई समेटिएको फिल्ममा माया, प्रेम, समर्पण, सद्भाव आदिलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । कमला जोशीको प्रस्तुतीमा निर्माण भएको फिल्ममा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव सापकोटा, मनिराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दिपेश जैसी लगायतको अभिनय छ ।
किरण दाहालको द्वन्द्व निर्देशन, रुपेश उप्रेतीको नृत्य, जनकराज अधिकारी र जीवन पराजुलीको छायांकन, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन रहेको फिल्ममा सन्तोष श्रेष्ठ, श्रेयसी चेम्जोङ, यूवराज चौलागाई, राज सागर, पशुपति ताम्रकार, अनिल विरही, सुरेश अधिकारी, पुरुषोत्तम लोहनी लगायतको स्वर, शब्द र संगीत रहेको छ । फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

