
नेपालीहरुको दोस्रो महान चाड तिहारको आज अन्तिम दिन अर्थात् भाइटीका । कार्तिक शुक्ल द्वितीया तिथिका दिन भाइटीका मनाइन्छ । आज ११ बजेर २ मिनेटमा भाइटीकाको उत्तम साइत थियो । यमपञ्चकको पाँचौं दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरंगी टीका लगाइदिएर उपहार दिने प्रचलन छ ।
नेपाली कलाकारहरुले पनि भाइटीका मनाएका छन् । दीपकराज गिरी, भोलाराज सापकोटा, सन्दिप क्षेत्री, ऋचा शर्मा, साम्राज्ञी आरएल शाह, जितु नेपाल, निर्मल शर्मा, खगेन्द्र लामिछाने, केकी अधिकारी, नीता ढुंगाना, सारिका घिमिरे, अनु शाह, रुविना थापा लगायतका कलाकारहरुले आफ्ना दाजु-भाई दिदी-बहिनीसँग टीका लगाएका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
तस्विरमा हेरौं कलाकारहरुको भाइटीका :-
.jpg)
.jpg)
.jpg)
.jpg)

.jpg)
.jpg)
.jpg)
.jpg)

.jpg)

.jpg)

