Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालका मल्टीप्लेक्समा ‘सूर्यवंशी’ लाई उच्च शोज

फिल्मीखबर, काठमाडौं, 2021/11/04
कोरोना महामारीका कारण दोस्रो पटक पाँच महिना बन्द भएका सिनेमा हललाई सरकारले गत भदौ अन्तिमबाट सञ्चालनको अनुमति दियो । तर, फिल्म रिलिज गर्न निर्माता तयार नहुँदा दशैंको मुखमा मात्र हलहरु खुले । दशैं जस्तो ठूलो चाडमा समेत ठूला फिल्म नआउने भएपछि फिल्म ‘डाँडाको वर पिपल’ फूलपातीमा रिलिज भयो । तर, यो फिल्म हेर्न हलसम्म दर्शक नै पुगेनन् ।
 
‘डाँडाको वरपिपल’ को विजोग देखेपछि फिल्म रिलिज गर्न ‘पर्ख र हेर’ को अवस्थामा रहेका निर्माताहरुको भागभाग भएको छ । तिहारको छेको पारेर भोलीबाट प्रदर्शनमा आउन लागेको बलिउड फिल्म ‘सूर्यवंशी’ माथि भने अधिकांश फिल्मकर्मीको आश अडिएको छ । यसले हलसम्म दर्शकको भीड तान्ने र नेपाली फिल्म रिलिज गर्न वातावरण बनाउनेमा निर्माताहरु विश्वस्त छन् । 
 
Sooryavanshi
 
नेपालका दर्शकमाझ पनि प्रतिक्षीत रहेको ‘सूर्यवंशी’ देशभर सयवटा सिनेमा घरमा एकसाथ प्रदर्शनमा आउँदैछ । कोभिडअघि कुनै पनि विदेशी फिल्म नेपालका सयवटा हलमा एकसाथ लागेका थिएनन् । मल्टीप्लेक्सहरुले त यो फिल्मलाई उच्च शोज दिएका छन् । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभरका १० मेजर स्टेशनमा कूल ५८ शोज प्रदान गरेको छ । 
 
त्यस्तै, उक्त फिल्मलाई राजधानीका मल्टीप्लेक्सहरु वान् सिनेमाजले ६ शो, विग मुभिजले ११ शो, कीर्तिपुर सिनेप्लेक्सले ३ शो, एफक्युब सिनेमाजले १२ शो, क्यूज सिनेमाजले ७ शो, आइएनआइ सिनेमाजले ९ शो, विएसआर मुभिजले ७ शो र सिडिसी सिनेमाजले ७ शोज बाँडेको छ । यो फिल्मलाई वितरक मनोज राठीको समुहले एक करोडभन्दा बढी तिरेर नेपाल ल्याएको हो । 
 
‘सूर्यवंशी’ निर्देशक रोहित सेट्टीको कप सिरिजको चौथो फिल्म हो । फिल्ममा अक्षय कुमार, कैटरीना कैफको मुख्य भूमिका रहेको छ भने अतिथी भूमिकामा अजय देवगन र रणवीर सिंह देखिँदैछन् । कोरोनाका कारण यो फिल्म प्रदर्शनमा आउन सकेको थिएन । कोरोना महामारीले धरासायी बनेको बलिउड इन्डस्ट्रीलाई लयमा फर्काउन यो फिल्म कोशेढुंगा सावित हुने विश्वास गरिएको छ । 
Most Visited News (monthly)