Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अफेयर र अबोर्सनको आरोपमा सामन्थाको जवाफ

एजेन्सी, मुम्बई, 2021/10/09
 
दक्षिण भारतीय फिल्मकी प्रख्यात अभिनेत्री सामन्था प्रभु अक्किनेनी यतिबेला आफ्नो पर्सनल लाइफका कारण चर्चामा छिन् । हालै उनको नागा चैतन्यसँग डिभोर्स भएको छ । विवाह बन्धनमा बाँधिएको ४ वर्षमै उनीहरुले वैवाहिक सम्बन्ध टुंग्याउने निर्णय गरेका हुन् । तेलुगू इन्डस्ट्रीमा उनीहरुलाई ‘आदर्श जोडी’ भनिन्थ्यो । यो जोडीको डिभोर्सको खबर अझै धेरैले पत्याउन सकेका छैनन् ।
 
एकातिर सामन्थाको वैवाहिक जीवन अन्त्य भएको छ भने अर्कोतिर उनीमाथि विभिन्न खाले आरोप लागेका छन् । यस्तैमा उनले आफूमाथि लागेका आरोपहरुको खण्डन गरेकी छन् । इन्स्टाग्राम पोस्टमा सबै समर्थकलाई धन्यवाद दिँदै उनले लेखेकी छन्, ‘मेरो यो नीजि नोक्सानमा तपाईंहरुको भावनात्मक आबद्धताले मलाई खुसी दिएको छ । मसँग गहिरो संवेदना राख्नेहरुप्रति आभारी छु ।’
 
आफूमाथि लागेको आरोपको बारेमा उनले अगाडि लेखेकी छन्, ‘मलाई बच्चा चाहिएको थिएन, म अवसरवादी हुँ र मेरो अबोर्सन भएको छ भन्ने खालका अफवाह फैलाइयो । तर, यो कोही किन सम्झँदैन कि डिभोर्स आफैंमा एउटा दर्दनाक प्रक्रिया हो । मलाई यो मुश्किल घडीको सामना आफैंलाई गर्न दिनुहोस् । तर, म वाचा गर्छु कि यी कुनै प्रकारका अफवाहले मलाई टुट्न दिने छैन ।’
 
नागा चैतन्य र समान्थाले सन् २०१७ मा बिहे गरेका थिए । नागाका पिता तथा साउथ सुपरस्टार नागार्जुनसँग पनि सामान्थाको राम्रो बोन्डिङ थियो । छोरा र बुहारीको डिभोर्स भएकोमा दुःख व्यक्त गर्दै नागार्जुनले भनेका छन्, ‘भारी मनबाट यो भन्नु परेको छ कि उनीहरुबीच जे भयो त्यो दुर्भाग्यपूर्ण हो । दुवैमा मेरो निकै प्रेम छ । हाम्रो परिवारसँग सैमले विताएका क्षण कहिल्यै भुल्ने छैन ।’
Most Visited News (monthly)