Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बुलाकी’ मा सुरक्षा, नरेन र विराज

फिल्मीखबर, काठमाण्डौ, 2021/10/07
 
फिल्म ‘ग्रीन बर्ड’ को छायांकन पूरा हुनसाथ अभिनेत्री सुरक्षा पन्तले नयाँ फिल्म साइन गरेकी छन् । जारी प्रथामाथि आधारित भएर निर्माण हुन लागेको फिल्म ‘बुलाकी’ मा उनी अनुबन्ध भएकी हुन् । उनले कथावस्तु र आफ्नो भूमिका मन परेपछि फिल्ममा काम गर्न तयार भएको बताएकी छिन् । फिल्मको मुल कथा नै उनको वरीपरी घुम्नेछ । कात्तिकबाट फिल्मको छायांकन सुरु हुनेछ ।
 
लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको यस फिल्ममा नरेन खड्का र विराज विस्ट पनि मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् । अप्सना थापा, लक्ष्मी गिरी, सुनिल पोेखरेल, प्रेमदेव गिरीको पनि अभिनय रहने फिल्मको अधिकांश छायांकन डोल्पामा हुनेछ । कर्णालीको भाषामा बन्ने यस फिल्मको निर्मातामा मोति विष्ट र गोपाल विस्ट छन् भने सह-निर्मातामा प्रकाश कँडेल (सौगात) छन् ।
 
शिव ढकालले खिच्ने फिल्मको गीतमा श्रीकृष्ण बल मल्लको संगीत र शिव परीयार/प्रविशा अधिकारीको गायन रहनेछ । निर्देशक सुनारले ‘बुलाकी’ लाई आर्ट र कमर्शियलको ‘फ्यूजन’ को रुपमा बनाउन लागेको जानकारी दिए । फिल्मले नेपाली समाजभित्रको अँध्यारो पाटोलाई देखाउने बताउँदै उनले जारी प्रथा (कुप्रथा) को विषयमा अध्ययन गर्न आफूले लामो समय खर्चेको पनि बताए ।
 
रसुवा लगायतका क्षेत्रमा तामाङ समुदायका महिलाले पुनर्विवाह गर्न चाहेमा उनीहरुको पहिलो श्रीमानलाई जारी बापतको रकम तिर्नुपर्ने सामाजिक नियम अझै पनि रहँदै आएको छ । अर्थात् महिलाहरु किनबेच हुने गरेका छन् । फिल्मले यही विषयलाई उठान गर्न लागेको हो । अभिनेता नरेन खड्काले पहिलो पटक फिल्ममा आफूले फरक भूमिकामा अभिनय गर्न लागेको बताएका छन् । 
 

Most Visited News (monthly)