भन्छिन, ‘पत्रकार र कलाकारबीच नंग र मासुको सम्बन्ध हुन्छ ।’ यी दुवै एकअर्काविना अपुरा हुन्छन् । कलाकारलाई दर्शकमाझ चिनाउन पत्रकारको हात रहन्छ भने पत्रकारलाई कलाकार समाचारका विषय हुन् । तर, पछिल्लो समय पत्रकार र कलाकारबीच दूरी बढ्दै गएको छ । मिडिया देख्नसाथ कलाकारहरु तर्सिन थालेका छन् भने कलाकारको व्यवहारले पत्रकार पनि रुष्ट छन् ।
कुनै समय मिडियासँग बोल्न पाउँदा कलाकारहरु ठूलो सौभाग्य ठान्थे । तर, अचेल पत्रकार र क्यामेरा देख्नसाथ कलाकारहरुको भागाभग हुने गर्छ । यो अवस्था सृजना हुनुमा दुवै पक्ष उतिक्कै जिम्मेवार छन् । अनावश्यक शिर्षक राखेर समाचार वा भिडियो विकाउन खोज्नु र कलाकारले मिडियालाई आफ्नो अनुकूल चलाउन खोज्ने प्रवृतिले गर्दा कलाकार र पत्रकारबीच दूरी बढेको हो ।
 (1)(1).jpg)
बुधवार राजधानीमा आयोजित आफू अभिनीत ‘माया पिरेम’ गीतको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा अभिनेत्री साम्राज्ञी आरएल शाहले ‘मिडियासँग बोल्दिनँ’ भन्दै हिँड्नुले कलाकार र पत्रकारबीच कुन हदसम्म अस्वस्थ सम्बन्ध बढेको छ भन्ने कुरालाई प्रस्ट्याउँछ । पत्रकारले आफूलाई विवादमा ल्याउने खालको प्रश्न गर्ने माहोल बुझेपछि उनी कार्यक्रमबाट हिँडेको जानकारीमा छ ।
अघिल्लो लकडाउनमा भुवन केसीमाथि उनले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । यो विषयले फिल्म क्षेत्र लामै समय तात्यो । भुवन केसीले अदालतमा साम्राज्ञीविरुद्ध मानहानीको मुद्धा समेत हाले । यसलगत्तै उनको प्रेमी देवांश राणासँग ब्रेकअप भयो । यी सबै कुरा पत्रकारले कार्यक्रममा उठाउने संकेत पाएपछि उनी मिडियासँग आमने-सामने हुन डराएको सहजै बुझ्न सकिन्छ ।
तर, कलाकार भएपछि पत्रकारको प्रश्नको सामना गर्नसक्ने हिम्मत राख्नुपर्छ । पत्रकारले सोध्ने प्रश्नमा सम्यमित भएर जवाफ फर्काउन सक्ने ‘वाककला’ को विकास कलाकारले गर्नैपर्छ । आफ्नै बोलीमा विश्वास नभएर विवादमा आउने डरले मिडियासँग भाग्दै हिँडने हो भने आफूलाई आवश्यक परेको समयमा मिडियाले पनि साथ दिने छैन । यो कुरा जति चाँडो बुझ्यो त्यति राम्रो ।

