Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलिउड फिल्म ‘उचाइँ’ मा परमिता राणा

फिल्मीखबर, काठमाण्डौ, 2021/10/06
 
बलिउडका भेट्रान निर्देशक सूरज बडजात्याको नयाँ फिल्म ‘उचाइँ’ मा नेपाली कलाकारहरु पनि जोडिएका छन् । यस फिल्ममा अभिनेत्री परमिता राणासँगै सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु, आरोन गुरुङ लगायतका कलाकारको अभिनय रहने भएको छ ।
 
यो फिल्मका लागि नेपाली कलाकारको कास्टिङ सिर्जना सूत्रले गरेको हो । बुधवार फिल्मको टिमसँग नेपाली कलाकारहरु पनि छायांकनका लागि लुक्ला प्रस्थान गरेका छन् । परमिताले आफ्नो इन्स्टाग्राम स्टोरीमा फिल्ममा अभिनय गर्ने नेपाली कलाकारसँग त्रिभुवन विमानस्थलमा खिचेको एक तस्विर पोस्ट गर्दै आफू केही समयका लागि लुक्ला जान लागेको जानकारी दिएकी छन् ।
 
‘चपली हाइट २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘चंगा चेट, रोज, दि कर्मा’ फिल्ममा अभिनय गरिसकेकी छन् । उनले पहिलो पटक बलिउड फिल्ममा काम गर्न लागेकी हुन् । कोरोना महामारीभन्दा अगाडि परमिताले गोपीचन्द्रको साथमा एक तेलुगू फिल्म साइन गरेकी थिइन् । फिल्मको मुहूर्तमा समेत उनी पुगेकी थिइन् । तर, यो फिल्म अहिलेसम्म निर्माण हुन सकेको छैन । 
 
४० दिनसम्म नेपालमा खिचिने फिल्ममा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा, सारिका हसन, नानी गुप्ता लगायतका भारतीय कलाकारहरुको अभिनय रहनेछ । मित्रताको कथामा निर्माण हुन लागेको फिल्मलाई लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतका क्षेत्रमा छायांकन गरिनेछ । फिल्मको नेपाल व्यवस्थापन थ्री ह्विलर्स कम्पनी हेरेको छ । 
Most Visited News (monthly)