बलिउडका दबंग खान उर्फ सलमान खान आफ्नो ‘ब्याड ब्वाई’ को छविबाट बाहिर आइसकेका छन् । तर, इतिहासमा केही गल्तीका कारण आजसम्म उनी कोर्टको चक्कर काटिरहेका छन् । २०७४ सालमा २० वर्ष पुरानो कालो हरिण शिकारको मुद्धामा उनलाई ५ वर्ष जेल सजाय सुनाइएको थियो । तर, उनी केही दिनमा धरौटीमा छुटे । उनले यसअघि पनि चार पटक जेल जीवन विताएका थिए ।
यस्ता छन् सलमान खानका विवादका घटना :-
कालो हरिणको शिकार
१.सलमानले १९९८ मा जोधपुरको नजिकको जंगलमा एक विलुप्तप्राय: दुई कालो हरिण मारेका थिए । त्यसबेला उनी सूरज बडजात्याको फिल्म ‘हम साथ साथ हे’ को सुटिङ गरिरहेका थिए ।
२. मुद्दा दर्ता गराएका व्यक्तिका अनुसार, सलमान र फिल्ममा उनका साथी कलाकार तब्बू, सैफ अली खान, नीलम र सोनाली बेन्द्रे एक जिपबाट बाहिर आए । सलमानले गाडी चलाइरहेका थिए र सोही बेला उनले कालो हरिणको एक झुन्ड देखे र तीमध्ये दुईलाई गोली हाने । गोली लागेका दुई कालो हरिणको तत्कालै मृत्यु भयो ।
३. यो मुद्दाका आरोपी चार अन्यलाई जोधपुरको अदालतले क्लिन चिट दिएको छ । अदालतले सलमानलाई भने ५ वर्षको जेल सजाय सुनाएको थियो । तर, उनी केही दिनमा नै धरौटीमा छुटे । यसअगाडि १९९८, २००६ र २००७ मा कूल १८ दिन उनी शिकारको मामलामा जेल बसेका थिए ।

हिट एण्ड रन केस
१. मुम्बईको बान्द्रामा २८ सेप्टेम्बर २००२ मा हिट एण्ड रन मामलामा सलमान केही समय मुम्बईको जेलमा बस्नु परेको थियो । त्यसबेला उनको ल्याण्ड क्रूजरले बान्द्रामा हिल रोडको नजिक फुटपाथमा सुतिरहेका केही व्यक्तिलाई कुल्चिएको थियो, जसमा एक व्यक्तिको मृत्यु र चार घाईते भएका थिए ।
२. यो मामला २००२ देखि २०१५ सम्म चल्यो । त्यसबेला तल्लो अदालतले ६ मेको उनलाई दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो । यसपछि जुलाईमा बम्बई हाईकोर्टमा सुनवाई भयो । १० डिसेम्बरमा अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो ।
ऐश्वर्या राय उत्पीडन मामला
१. सन् २००२ मा अभिनेत्री ऐश्वर्या रायले उनीमाथी उत्पीडनको आरोप लगाएकी थिइन् र सोही वर्षको मार्चमा उनीहरु एकअर्काबाट अलग भएका थिए । फिल्म ‘हम दिल दे चुके सनम’ को छायांकनको क्रममा उनीहरु एकअर्कासँग नजिक भएका थिए र विस्तारै प्रेममा डुबेका थिए ।
२. ऐश्वर्याले आरोप लगाएकी थिइन् कि अलग भएपनि सलमान लगातार उनलाई फोन गर्दथे र मदिरा सेवन गरेर उनको घरको ढोका ढकढक्याउँथे । उनले उनीमाथी ‘शारीरिक, मौखिक र भावनात्मक’ दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
पाकिस्तानी च्यानल इन्टरभ्यू विवाद
१. सधैं कठिनाइबाट घेरिँदै आएका सलमानको तब जोडदार आलोचना भएको थियो जब उनले एक पाकिस्तानी च्यानललाई दिएको अन्तर्वार्ताको क्रममा ‘२६...११’ मा मुम्बई आतंकवादी हमलालाई यसकारण बढाई-चढाई गरेर पेश गरिएको थियो कि त्यसमा धनाड्य मानिसलाई निशाना बनाइएको थियो ।
२. पछि ट्विटरमा उनले लेखे, ‘हरेक व्यक्तिको एउटै मूल्य छ र आतंकवादको कृत्य दुनियाँबाट कसैलाई पनि माफ गर्न सकिन्नँ । चाहे त्यो ९...११ र २६...११ ।’
विवादका बीच पनि स्टारडम कायम
१. पछिल्लो केही वर्षदेखि उनले विभिन्न च्यारिटी कार्यक्रम सुरु गरेका छन् । सन् २००७ मा उनले ‘बीइंग ह्यूमन’ को गठन गरेका थिए । रोचक कुरा के छ भने कानुनी विवादका बीच पनि उनको स्टारडममा भने रत्ति कमी आएको छैन ।
२. वर्ष १९८८ मा ‘बीवी हो तो ऐसी’ फिल्मबाट बलिउडमा पाइला राखेका सलमान करीब तीन दशकदेखि फिल्म क्षेत्रमा सबैभन्दा धेरै कमाई गर्ने स्टारको लिस्टमा सामेल छन् ।
३. पछिल्लो एक दशकमा उनका एकपछि अर्को फिल्मले बक्सअफिसमा ठूलो रेकर्ड राखेको छ । ‘दबंग’, ‘सुल्तान’, ‘बजरंगी भाइजान’, ‘टाइगर’ सहित उनका प्रायः फिल्मले २ सय करोडभन्दा धेरैको विजनेश गरेका छन् । कयौं युवतीसँगको प्रेममा परेपनि उनी अहिलेसम्म अविवाहित नै छन् ।

