नेपाली फिल्म ‘तिम्रो मेरो प्रेम कहानी’को गीत सार्वजनिक गरिएको छ । एजुकेसन एण्ड माइग्रेसन कर्नरले प्रस्तुत गरेको फिल्मको गीतमा नायिका प्रियंका कार्कीले अभिनय गरेकी छिन् । यो गीत विजया दशमीको अवसर पारेर रिलीज गरिएको हो ।
‘ठमेल बजार’ बोलको गीत मार्फत चर्चामा आएकी गायिका मिना निरौलाले यो गीतमा स्वर दिएकी छन् । गीतमा शब्द र संगीत रमण गायकको रहेको छ । नेत्र गुरूंगको निर्देशन रहेको फिल्मको गीतमा कबिराज गहतराजको नृत्य निर्देशन रहेको छ ।
‘ राम्रो गायिका र दर्शकप्रिय अभिनेत्रीको यो मिलन दर्शकहरूको लागि हामीले दशैँको उपहार स्वरूप प्रस्तुत गरेका छौं’, एजुकेशन एण्ड माइग्रेसन कर्नरका सुनील उप्रेतीले बताए । सुरज आरडीको निर्माण रहेको यो फिल्ममा सुरज आर डी, सारिका केसी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
गीत:

